back
CTIZAN AD

ओलीलाई हटाएर, प्रचण्ड र माधवलाई ल्याउन खोज्नु दुर्भाग्य हो : नेता गजुरेल

वि.सं.२०७७ साउन १३ मंगलवार

885 

shares

काठमाडौं । नेकपा (क्रान्तीकारी माओवादी)का नेता सिपी गजुरेललेले देशमा देखा परेका समस्या समाधानको बाटो प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नभएको बताएका छन् । मंगलबार संवाद क्लब नेपालले काठमाडौंमा गरेको अन्तरसम्बाद कार्यक्रममा बोल्दै गजुरेलले ओलीले राजीनामा गरेर समस्याको हल नहुने बताएका हुन् ।

नेता गजुरेलले प्रधानमन्त्री ओलीलाई राजिनामा गराएर नेकपाकै हिजोकै प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र शेरबहादुरलाई सत्तामा ल्याउन खोज्नु समस्याको बाटो नभएर झन दुर्घटनाको बाटो हुने बताए । अहिलेको संकट ल्याउनमा प्रधानमन्त्रीको दोष नभएको समेत गजुरेलको भनाई छ ।

अब राज्य संचालन गर्ने पात्र फेर्नेभन्दा पनि राज्यको अर्को नयाँ व्यवस्थाको लागि आन्दोलनको जरुरी रहेको गजुरेलले बताए । हामीले जनयूद्घ अहिलेको व्यवस्थाको लागि नभएर जनगणतन्त्रको लागि गरेको भन्दै अहिलेको राज्य व्यवस्था र विगतको राज्य व्यवस्थामा कुनै फरक नभएको नेता गजुरेलको भनाई छ ।

नेकपालाई जनताले दुई तिहाईको बहुमत दिएर जिताए पनि जनताको पक्षमा कुनै राम्रो काम गर्न नसकेको बताए । एमसीसी पास गरेर अमेरिकन सेना नेपाल आउन दिएर चीन संग लडन नेपाली भूमी दिने खेल भईरहेको नेता गजुरेलको आरोप छ । नेपालमा एमसीसी राष्ट्रिय हित विपरित भएको उनको ठम्याई छ ।

न्यालयबाट नै आम मानिसले न्याय पाउने अवस्था नभएको बताए । केही दिन अघि सर्वोच्च अदालतले अपराधीलाई छुटकरा दिने काम गरेको भन्दै अपराधिलाई कारवार्हीको सटटा प्रोत्साहन गरेको उनको भनाई छ । अहिले देखा परेका तमाम समस्याको निकासको लागि आफनो पार्टीले मोर्चा बनाएर यही साउन १५ गते काठमाडौंमा आन्दोन गर्ने कार्यक्रम रहेको समेत जानकारी दिए ।

वि.सं.२०७७ साउन १३ मंगलवार १७:१९ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...