१६ पुस, काठमाडौं । सत्तारुढ दल र प्रमुख प्रतिपक्षीदल वीच संविधान संशोधन विधेयकका विषयमा संसद्मा मुठभेड हुने संकेत देखिएको छ । आउँदो सोमबार बस्ने व्यवस्थापिका संसद्को बैठकमा संशोधन विधेयकका विषयमा मुठभेड हुने संकेत देखिएको आजको राजधानी दैनिकमा समाचार छ ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बाबजुद पनि संशोधन विधेयक सदनमा टेवल गर्ने बताएका छन् । सत्ता घटक दल जसरी पनि विधेयक टेवल गर्ने निष्कर्षमा पुगेको र विपक्षी गठबन्ध्न जसरी पनि रोक्ने पक्षमा रहेकाले सदनमा तनाव र मुठभेडको संकेत देखिएको हो ।
वि.सं.२०७३ पुस १६ शनिवार ०२:१६ मा प्रकाशित