back
CTIZAN AD

अब पुलिस रिपोर्ट कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गर्नु नपर्ने

वि.सं.२०७७ साउन १४ बुधवार

3K 

shares

१४ साउन, काठमाडौँ । अब विदेशी नियोगहरुमा प्रहरी प्रतिवेदन(पुलिस रिपोर्ट) बुझाउँदा कन्सुलर सेवा विभागले प्रमाणीकरण गर्नु नपर्ने भएको छ ।

नेपाल प्रहरीबाट जारी हुने प्रहरी प्रतिवेदनको सकल प्रति परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागबाट प्रमाणीकरण हुँदै आएकोमा अब निवेदक स्वयम्ले प्रिन्ट गरेर विना प्रमाणीकरण पेश गर्न सकिने नयाँ व्यवस्था गरिएको हो ।

विभागले जारी गरेको सूचनामा गत जेठ १६ गतेको मन्त्रीपरिषद्को बैठकले यसअघि नेपाल प्रहरीबाट जारी हुने पुलिस रिपोर्टको सक्कलप्रतिमा नै विभागबाट प्रमाणीकरण हुँदै आएकोमा सरकारी सेवालाई अनलाइनमार्फत छिटो छरितो र प्रभावकारी एवम् सेवाग्राहीमैत्री बनाउने क्रममा यस्तो निर्णय गरेको उल्लेख छ ।

योसँगै अब निवेदक स्वयम्ले प्रहरीबाट अनलाइनमार्फत जारी हुने रिपोर्टलाई रंगिन प्रिन्ट गरी काठमाडौँस्थ्ति विदेशी नियोगहरुमा कन्सुलर सेवा विभागको प्रमाणीकरण विना नै पेश गर्न सक्नेछन् ।

विदेशमा रहेका नेपालीहरुले विदेशको सम्बन्धित निकायमा पुलिस रिपोर्ट पेश गर्दा अनलाइनबाट प्रिन्ट गरेको रंगित प्रति पेश गर्ने र सोको आधिकारिता अनलाइनबाट बुझ्न सकिने जनाइएको छ ।

तथापी नेपाली नियोगबाट प्रमाणीतप्रति नै पेश गर्नुपर्ने भएमा आफू बसेको देश हेर्ने नेपाली नियोगमा निवेदक स्वयम्ले अनलाइनमार्फत प्रिन्ट गरेको प्रहरी प्रतिवेदनको रंगिन प्रतिमा आवश्यक शुल्क तिरी प्रमाणीकरणका लागि निवेदन दिन सक्ने पनि सूचनामा जनाइएको छ । यसरी प्रहरी प्रतिवेदन नेपाली नियोगमा पेश गर्नुपूर्व विभागबाट प्रमाणीकरण गर्नु नपर्ने जनाउँदै विभागले यो सम्बन्धमा विदेशस्थित सबै नेपाली नियोगहरुलाई परिपत्र गरिसकिएको बताएको छ ।

यदि अनलाइनबाट प्रिन्ट गरिएको प्रहरी प्रतिवेशन कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गर्नुपर्ने भएमा निवेदकले मनासिब कारण र प्रमाणसहित अनुरोध गरेमा मात्र उक्त रिपोर्टको सक्कल प्रति वा रंगिन प्रतिमा प्रमाणीत गर्न सकिने पनि सूचनामा जनाइएको छ ।
यसरी पेश गरिने प्रतिवेदनको आधिकारिता अनलाइनबाट बुझ्न सकिने हुँदा झुठा विवरण वा प्रतिवेदन पेश गरेको पाइएमा कानुन बमोजिम कडा कारवाही हुने उल्लेख छ ।

वि.सं.२०७७ साउन १४ बुधवार ०९:२५ मा प्रकाशित

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ । टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

काठमाडौँ । नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन...

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

नारायणगढ (चितवन) । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...