back
CTIZAN AD

बार हेरर मात्र जानुस् यी सरकारी सेवा लिन , हेनुर्स के बार, के सेवा ?

वि.सं.२०७७ साउन १४ बुधवार

765 

shares

१४ साउन, काठमाडौँ । उपत्यकाका तीनै जिल्ला : काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले एकै ठाउँबाट सेवा दिने भएका छन् ।

कोभिड १९ को संक्रमण हुन नदिन भिडभाड हुन नदिन सामाजिक भौतिक दुरी कायम गर्नुपर्ने मन्त्रीपरिषद्को साउन ४ गतेको निर्णयलाई कार्यान्वयन गर्ने क्रममा यस्तो निर्णय लिइएको जनाइएको छ ।
तीनै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले यो अवस्थामा एकैठाउँबाट सेवा दिने गरी निर्णय गरेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै साउन १८ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म सेवा लिन बार मिलाएर मात्र कार्यालयमा प्रवेश गर्न सबै सेवाग्राहीहरुलाई अनुरोध गरेको छ ।

जसअनुसार नागरिकता, प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नविकरण आदि सेवाहरु आइतबार काठमाडौँ महानगरपालिकाबाट, सोमबार कीतिपुर, नागार्जुन चन्द्रागिरी नगरपालिकाबाट, मंगलबार काठमाडौँ नगरपालिकाबाट, बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनहरा नगरपालिकाबाट, बिहिबार काठमाडौँ नगरपालिकाबाट र शुक्रबार गोकर्णेश्वार, दक्षिणकाली, शंखरापुर, तारकेश्वर नगरपालिकाबाट हुने सूचनामा उल्लेख छ ।

पत्रपत्रिका, संघसंस्था दर्ता र नविकरण गर्न पनि बार तोकिएको छ । संघसंस्था दर्ताका लागि सोमबार र बुधबार, संघसंस्था नविकरणका लागि आइतबार, मंगलबार र बिहिबार, पत्रपत्रिका/छापाखाना दर्ता र विधान संसोधन शुक्रबार गरिने र प्रतिलिपि पत्राचार हरेक दिन ४ बजेपछि हुने जनाइएको छ ।

शान्ति सुरक्षाको निवेदन र कानुन बमोजिम हुने मुद्धा सम्बन्धी कार्यहरु र सरकारी कार्यालय/आयोजनासँग सम्बन्धित समन्वय र छलफल सबै कार्यालयबाट सबै दिन हुने बताइएको छ ।

वि.सं.२०७७ साउन १४ बुधवार १७:३२ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...