१५ साउन, काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ५२ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ५२ हजार २ सय ४९ जना कोरोना भाइरस संक्रमित थपिएका हुन । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख ८४ हजार ३ सय ८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ७९ रहेको छ । यससँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या ३५ हजार ३ पुगेको छ ।
भारतमा अहिले पनि ५ लाख २७ हजार ७ सय ७० जना संक्रमित अवस्थामै रहेका छन् भने १० लाख २१ हजार ६ सय ११ जना संक्रमणमुक्त भएका छन् ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या १ करोड ७१ लाख ८७ हजार ४ सय ९ पुगेको छ भने संक्रमणबाट ६ लाख ७० हजार २ सय १ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ साउन १५ बिहीवार ०९:२३ मा प्रकाशित






























