१५ साउन, काठमाडौँ । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा ९० हजार भन्दा बढिको मृत्यु भएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ५ सय ५४ जनाको मृत्युपछि ब्राजिलमा यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ९० हजार १ सय ८८ पुगेको छ ।
ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ७० हजार ८ सय ६९ जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या २५ लाख ५५ हजार ५ सय १८ पुगेको छ ।
वि.सं.२०७७ साउन १५ बिहीवार ०९:२७ मा प्रकाशित






























