१६ साउन, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले शतर्क रहन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल\पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
वि.सं.२०७७ साउन १६ शुक्रवार ०९:१७ मा प्रकाशित






























