back
CTIZAN AD

सम्झाउन गएको पौडेल पक्षलाई देउवा समूहले हप्काएर पठायो

वि.सं.२०७७ साउन १६ शुक्रवार

1.1K 

shares

१६ साउन काठमाडौँ । सभापति शेरबहादुर देउवाको कार्यशैली विधानसम्मत नभएको भन्दै लिखित ध्यानाकर्षण गराउन पुगेका नेतालाई देउवा समूहले हप्कीदप्की गरेर पठाएको छ । माग बोकेर गएका रामचन्द्र्र पौडेल पक्षका नेतालाई देउवा समूहले भन्यो, ‘तपाईहरु विरोध गर्दै जानुस् । हामी अब रोकिँदैनौँ ।’

१४औँ महाधिवेशनको कार्यतालिका आइसकेपछि प्रभाव पार्ने हिसाबले विभाग गठन गरेको, क्रियासिल सदस्यमा मनोमानी गरेको, समायोजनमा आफुखुसी गरेको भन्दै यस्ता गतिविधि रोक्न पौडेल पक्षले देउवालाई भेटेरै पाँचबुँदे ज्ञापन पत्र बुझएको थियो । तर, पौडेल पक्षको मागमा देउवा ‘टसको मस’ भएनन् ।

नेता पौडेलले १४ औँ महाधिवेशनको संघारमा रहँदै गर्दा सभापतिबाट भएका केही कदमले महाधिवेशनको निष्पक्षतामा साथमा महामन्त्री डा. शशांक कैराला, डा. मीनेन्द्र रिजाल, जीवन परियार र सरिता प्रसाई सभापतिको कार्यकक्षमा पुगेका थिए ।

सभापति देउवाका तर्फबाट देउवा, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, ज्ञानेन्द्र बहादुर कार्की र एनपी सावत सहभागी थिए ।

‘सभापतिजी हामी महाधिवेशनको सघांरमा छौँ । महाधिवेशनलाई स्वातन्त्र, निष्पक्ष, धाधँलीरहित बनाउन हामी हरसहयोग गर्छौँ । तर, महाधिवेशन सम्पन्न गर्नु अघि भएका विभिन्न घट्नाक्रममा हाम्रा केही फरक मत छन्’ भन्दै पौडेलले लिखित ध्यानाकर्षण लिएर आएको बताएका थिए ।

लगतै पौडेलले लिखित पत्र केन्द्रीय सदस्य जीवन परियारलाई वाचन गर्न लगाए । सभापतिलाई बुझाइएको पत्रमा नेता पौडेल र महामन्त्री शशांकको हस्ताक्षर छ ।शुक्रबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७७ साउन १६ शुक्रवार ०९:१० मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...