१८ साउन, रौतहट । बाटोमा यातायात कुरेर बसेकी युवतीलाई घर पुर्याइदिन्छु भन्दै ट्रकमा सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
बिहीबार बाराको पथलैयामा अलपत्र रहेकी २१ वर्षीया युवतीलाई घर पुराईदिन्छु भन्दै रौतहतको विजयपुर नगरपालिकाको बैरगनिया चोकमा ट्रकमै सामुहिक बलात्कार भएको हो ।
फतुवा विजयपुर नगरपालिकाको सितलपुर बैरगनियाचोकमा ना२ख ६७४६ नम्बरको ट्रकमा बलात्कार भएको सुचनाको आधारमा घटनास्थलबाट आरोपीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिएको आइतबारको राजधानी दैनिकमा समाचार छ ।
बिहिबार राती गाडीभित्रै बलात्कार गर्ने क्रममा तीनै जना बीच विवाद उत्पन्न भएपछि हल्ला भएको र महिला चिच्याएको स्थानियले खबर दिएको आधारमा घटनास्थल पुगेको प्रहरी निरीक्षक साहले बताए ।
सो ट्रक चितुवनको गैंडाटारबाट भुँस लिन फतुवा विजयपुर नगरपालिका बरगिनियाचोक आएको थियो । पक्राउ पर्नेहरुमा तनहुँको व्यास नगरपालिका-१ का ट्रक चालक वर्ष २९ का बिष्णुप्रसाद रानाभाट, सोही ठाउँका सहचालकद्धय १८ वर्षका विनोद रानाभाट र १९ वर्षका केशर मगर रहेको प्रहरी निरक्षिक साहले जानकारी दिएका छन् ।
पीडित महिलाको शुक्रबार साँझ स्वस्थ्य परीक्षण भएको र आरोपी तीनै जनाउपर जबरजस्ती करणीसम्बन्धी मुद्धा दर्ता भएको प्रहरी निरीक्षक साहले बताएका छन् ।
शृक्रबार नै जिल्ला अदालत गौरबाट अनुसन्धानका लागी १५ दिनको म्यादसमेत थप गरेको उनले जानकारी दिए । ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ । पीडित महिलालाई महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा राखिएको छ ।
वि.सं.२०७७ साउन १८ आइतवार ०९:५१ मा प्रकाशित






























