back
CTIZAN AD

स्वास्थ्य मन्त्रालयकाे नयाँ मापदण्ड : अब झाडापखालाकाे लक्षण भएका बिरामीकाे पनि काेराेना परीक्षण

वि.सं.२०७७ साउन १८ आइतवार

675 

shares

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ। मन्त्रालयले काेराेनाकाे लक्षणहरूमा परिवर्तन देखिएकाे भन्दै नयाँ मापदण्ड जारी गरेकाे हाे ।

नयाँ मापदण्डमा कोरोनाका लक्षणसहित स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका बिरामीकाे पनि पीसीआर विधिबाट परीक्षण छ।

नयाँ मापदण्डमा यस्ता बिरामीकाे पनि हुनेछ पीसीआर परीक्षण

१, लक्षणहरु (ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्था, झाडापखाला) लगायतका सबै बिरामीको ।

२, संक्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका सबै व्यक्तिहरुको

३, गम्भीर श्वासप्रश्वासजन्य समस्या (एसएआरआई)का बिरामीहरूको

४, विदेशबाट आएका (स्थल तथा हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनको ५देखि ७ दिनभित्र पीसीआर गरिने

५, फ्रन्टलाइन स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनका अन्य कर्मचारीहरूको

६, १४ दिनयता कोरोना प्रभावित क्षेत्रमा यात्रा गरेको खण्डमा

७, आईसीयूमा रहेका सबै बिरामीहरूको

८, दीर्घरोगीहरू, प्रतिरोधात्मक क्षमता क्षमता कमजोर भइसकेकाहरू विशेषगरि ६० वर्ष उमेर माथिका व्यक्तिहरुको

९, डाक्टरको मूल्यांकनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीहरूको (आपत्कालीन उपचार तथा शल्यक्रियाका लागि भने परीक्षण नतिजा कुर्नु नपर्ने)

१० डाक्टर मूल्याङ्कनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका कोरोनाका बिरामीलाई डिस्चार्ज गर्दा पुनःपीसीआर परीक्षण गर्नुपर्नेछ । लक्षण नभएका तथा हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गर्न सकिनेछ । तर कम्तीमा तीन दिन लक्षणहीन भएको हुनुपर्नेछ ।

वि.सं.२०७७ साउन १८ आइतवार १६:१३ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...