१८ साउन काठमाण्डौं । नेपालमा आज २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी पर्सामा ७८ जना, धनुषामा ३५, काठमाण्डौंमा २२, मोरङमा १६ डोटीमा १२, कैलालीका १० जना रहेका छन् । साथै आज उपत्यकामा ललितपुरमा ८ र भक्तपुरमा १ जना संक्रमित थपिएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका १० जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका १३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका १, मोरङका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ३५ जना, चितवनका १, महोत्तरीका ४ र सर्लाहीका १ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा पर्साका ७८ जनामा संक्रमण पृष्टि भएको छ ।
त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बझाङका २, डोटीका ११, कैलालीका १०, काठमाण्डौंका ११ जना र ललितपुरका ४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा गरिएको परीक्षणमा बर्दियाका १, दार्चुलाका १, गोर्खाका १, काठमाण्डौंका ८, रौतहटका २, सिन्धुलीका १ र सुनसरीका १ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौंका १ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा ललितपुरका १ जना, पर्साका १, सर्लाहीका १ जना, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाण्डौंका २ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा पर्साका २, ललितपुरका ३, महोत्तरीका १ जना र नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका १ जनामा संक्रमण पृष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ५ जना, प्रादेशिक क्षयरोग प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका १, लम्जुङका ३, स्याङजाका ८ र तनहुँका २ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बर्दियाका ९ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा नवलपरासीपूर्वका ३ र रुपन्देहीका १ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका १ जना गरी आज जम्मा २४६ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका २४६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २० हजार ३३२ पुगेको छ ।
नेपालमा आज ३१५ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो
वि.सं.२०७७ साउन १८ आइतवार १६:४४ मा प्रकाशित






























