back
CTIZAN AD

नेपालमा आज ३१५ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

वि.सं.२०७७ साउन १७ शनिवार

882 

shares

१७ साउन काठमाण्डौं । नेपालमा आज ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी कैलालीमा ९० जना, बझाङका ८८ जना पर्साका ६६ जना, अछामका २८ जना र इलाममा २२ जना जना संक्रमित भेटिएका छन् । साथै केहीदिन देखि निरन्तर संक्रमण बढेको काठमाण्डौंमा आज ५ जना मात्रै संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका १, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १, इलामका १७, सिराहाका ५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १, इलामका ५, उदयपुरका २ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका ७ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका १, पर्साका ६२ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बझाङका ४३, अछामका २८ जना,कैलालीका ९ जना, कन्चनपुरका ८, काठमाण्डौंका २, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २७, काभ्रेका १, रामेछापका २ जना, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाण्डौंका १ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा पर्साका ३ जना, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा काठमाण्डौंका २, भक्तपुरका १ र पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्कीका १ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा रुपन्देहीका २ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका १ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा बझाङका २५ जना,कैलालीका ५३ जना र कन्चनपुरका १ जना गरी आज जम्मा ३१५ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३१५ .जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २० हजार ८६ पुगेको छ ।

आज काठमाण्डौंका ३२ सहित २२४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९,७७१ पुग्यो

वि.सं.२०७७ साउन १७ शनिवार १६:४४ मा प्रकाशित

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...