back
CTIZAN AD

राष्ट्रियसभा मातहतका विषय समितिमा रहने सदस्य मनोनयन, हेर्नुस् कुन समितिमा को ?

वि.सं.२०७७ साउन १७ शनिवार

882 

shares

१७ साउन, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने संसदीय दलबाट प्राप्त नामावलीअनुरुप विषयगत समितिमा रहने सदस्य मनोनयन गरेका छन् ।

कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा अधिवेशन नरहेको अवस्थामा अध्यक्षबाट आदेश जारी भई समितिमा रहने सदस्यको मनोनयन भएको हो । राष्ट्रियसभाबाट जारी सूचनापत्रअनुसार, दीगो विकास तथा सुशासन समितिमा कविता बोगटी, गङ्गाकुमारी बेलवासे, चक्रप्रसाद स्नेही, जगप्रसाद शर्मा, तारादेवी भट्ट, दीनानाथ शर्मा र नन्द्रा चपाईलाई मनोनय गरिएको छ । त्यस्तै उक्त समितिमा महेशकुमार महरा, मायाप्रसाद शर्मा, रमेशजंग रायमाझी, विमला घिमिरे, शारदादेवी भट्ट र सिगबहादुर विश्वकर्माको मनोनयन भएको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा अगमप्रसाद वान्तवा राई, गोपाल भट्टराई, चन्द्रबहादुर खड्का, तुलसाकुमारी दाहाल, नरपति लुवार, नैनकला ओझा र राधेश्याम अधिकारी छन् । उक्त समितिमा रामनारायण बिंडारी, बीना पोखरेल, शान्तिकुमारी अधिकारी जिसी, शेरबहादुर कुँवर, सुमित्रा बिसी र हरिराम चौधरीलाई मनोनयन गरिएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय सिमितिमा अनिता देवकोटा, इन्दिरादेवी गौतम, इन्दु कँडरिया, उदया शर्मा, कोमल वली, खिमलाल भट्टराई, गोपीबहादुर सार्की र दीपा गुरुङको मनोनय भएको छ । सांसद दिलकुमारी रावल, नारायणकाजी श्रेष्ठ, रामचन्द्र राई, रामलखन चमार, शेखरकुमार सिंह र सुमनराज प्याकुरेलको सोही समितिमा चयन भएको छ ।

विधायन व्यवस्थापन समितिमा खीमकुमार विक, जीतेन्द्रनारायण देव, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, तारामान स्वाँर, देवेन्द्र दाहाल, पर्शुराम मेघी गुरुङ र प्रकाश पन्थ रहेका छन् । अध्यक्ष तिमिल्सिनाले उक्त समितिमा रहने गरी प्रमिला कुमारी, बेदुराम भुसाल, भगवती न्यौपाने, भैरवसुन्दर श्रेष्ठ, मृगेन्द्रकुमारसिंह यादव, राधेश्याम पासवान र डा विमला राई पौडेललाई मनोनयन गरेका छन् ।

वि.सं.२०७७ साउन १७ शनिवार १६:३७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...