back
CTIZAN AD

चीनको विद्यमान विश्व–नीति र नेपाल–चीनसम्बन्धका चूनौति

वि.सं.२०७७ साउन १७ शनिवार

1.2K 

shares

नेपालले चीनसँगको सम्वन्ध, सम्पर्क र सम्भावनालाई के कसरी ब्यापक र उपलब्धीमूलक तुल्याउन सकिन्छ भन्ने बारेमा बिगतका अनुभवका आधारमा समेत गहन, गहिरो र गम्भीर अध्ययनकासाथ अघि बढ्ने सार्थक प्रयत्न गर्नै पर्दछ । आत्मर्भिर बन्ने र सम्मानपूर्ण तथा सार्थक अन्तरनिर्भरताको बाटो वास्तवमा आजको अन्तर्राष्ट्रिय सम्वन्ध मूल आबश्यकता नै यही हो ।

 

जनबादी गणतन्त्र चीनसँग हाम्रो देशको औपचारिक दौत्य सम्वन्धको शुरुवात १ अगष्ट १९५५देखि भएको हो । आजभन्दा ९९ बर्ष अघिदेखि अस्तित्वमान भएको चिनीयाँ कम्युनिष्ट पार्टी चीनको सत्तामा बिगत सात दशकदेखि निरन्तर कायम रहेको छ । हुन पनि बिगतमा अनेक उतार चढाबका संघर्षहरुको बीचबाट गुज्रेको चीनलाई सामन्ती र साम्राज्यवादी शोषण उत्पीडनबाट मुक्त गर्ने महा अभियानमा चिनीयाँ जनतालाई गोलबन्द गर्ने माओ त्सेतुुङ्ग बिचारधाराले १९४९ र त्यसपछि पनि सफलता हासिल गरेको हुनाले नै त्यस जगमा टेकेर आज बिश्वमै चीन सबैभन्दा शक्तिशाली राष्ट्र बन्दै गएको हो । यो कुरा गत बर्ष असौजमा चिनीयाँ राष्ट्रपति शी जिनपिङ्गको नेपाल भ्रमणको बेला पनि उनले प्रष्टसँग ब्यक्त गरे । शीले त्यतिबेला प्रष्टसँग भनेका थिए — ‘हिजो संघर्ष गरेर मात्र आजको चीन बनेको होइन, त्यसपछि पनि हामी निरन्तर जनतासँग जोडिएका छौ र निरन्तर जोडिइरहने छौ, जनताप्रति समर्पित राजनीति मात्र टिकाउ हुन्छ, शासन गर्ने राजनीति होइन’ । चीनका राष्ट्रपतिले भनेको यो कुरा कम महत्वपूर्ण छैन ।

चीन नै त्यस्तो पहिलो देश बनेको छ जसले बिश्वब्यापी महामारी कोभिड–१९ लाई बिश्वको एउटा साझा समस्या मानेर अघि बढेको छ । यस अघि इबोलाको महामारीले आक्रान्त अफ्रिकी देशहरुलाई २३ मिलियन अमेरिकी डलरको संकटकालीन नगद आर्थिक अनुदानका साथ खानेकुरा र अरु त्यस सम्वन्धि चीजबीजहरुका साथै चिकित्सक र औषधीहरु पनि लाईबेरिया र सिरियालिओनमा पठाएको थियो ।

यो कुरा बिश्व मानब समुदायको बिकासमा लामो र प्राचीन सम्यता बोकेको र आज अत्याधुनिक बिकासको उच्च चरणबाट गुज्रिरहेको शक्तिशाली चीनका राष्ट्रपति शी जिनपिङले गत बर्ष असौज महिनाको अन्तिम साता अर्थात असौज २५ र २६ गते नेपालको दुइदिने राजकीय औपचारिक भ्रमण गरे । त्यसयता बिबिध कोणबाट त्यो भ्रमणको चर्चा परिचर्चाको शिखरमै चलेको पनि हो । जुन बिल्कुलै अस्वभाविक पनि होइन । एउटा बिश्वमै बेगबान गतिले बिकासको बाटोमा लम्किरहेको र एक पछि अर्को सफलता हासिल गर्दै रहेको छिमेकी राष्ट्र चीनका राष्ट्रपतिको त्यो नेपाल भ्रमण बितेको २३ बर्ष यताकै पहिलो र उच्च स्तरीय भ्रमण थियो । अनि शी चीनको राष्ट्रपति भए पछि नेपालमा यो उनको पहिलो ऐतिहासिक महत्वको भ्रमण पनि थियो । त्यसमा पनि बितेको यो २३ बर्षकै मात्र कुरा गर्ने हो भने चीनले आफ्ना वरिपरीका छिमेकी देशहरु र बिश्व समुदायका अरु देशहरुसँग सम्वन्ध बिस्तार र सुदृढीकरणको प्रष्ट नीति अख्तियार गरेको छ र त्यस दिशामा निरन्तरअघि बढिरहेको छ । नेपाल भ्रमण पनि त्यसै नीतिको एक अभिन्न अंग बाहेक अरु केही होइन । त्यसैलाई ‘रणनीतिक साझेदारी’ भनिएको कुरा बुझेर पनि बुझपचाउनुको कुनै अर्थ छैन । तीब्र गतिमा बिकसित हुँदै गएको छिमेकी देशको नाताले नेपालसँग चीनका सहयोगका थप बिशिष्ठ आयामहरु हुनु पनि बर्तमान सन्दर्भमा कुनै अनौठो कुरा नभएर स्वभाविककै कुरा हो । जुन ब्यापक ‘कनेक्टीभिटी’ अर्थात ‘बृहत सम्पर्क सञ्जाल’ हुदै अघि बढ्ने कुरा यसमा अन्तरनिहीत छ ।

आजको चीनको विश्व नीतिलाई सर्सरी मात्र हेर्दा पनि के एकदमै प्रष्ट देखिन्छ भने बर्तमान बिश्व परम्परागत र गैर परम्परागत दुबै खाले सुरक्षाका समस्याबाट आक्रान्त छ । पछिल्लो समयका समस्याहरुको उल्लेखै गर्ने हो भने अहिले बिश्वलाई सताईरहेको महामारी कोभिड–१९ ‘इबोला भाइरस’को महामारी, ‘आतंकबाद’, ‘पुनरोत्पन्न भएको इराक तथा सीरियाली युद्ध’ र ‘यूक्रनी संकट’ आदिले बर्तमान बिश्वका ज्वलन्त समस्याहरुलाई दर्शाउँदछन् । आज बिश्वका सबै देशहरुले यस्ता सहमत हुन नसकिने परिवेशका बिचमा बिकासको बाटो खोज्न र रोज्न संघर्ष गरिरहेको अबस्था बिद्यमान छ ।

बिश्वको यस प्रकारको परिप्रेक्षमा चीन आजको बिश्वको सापेक्षतामा दीगो किसिमले एउटा तीब्र बिकासको बाटोबाट गुज्रिरहेको देश हो र यसले आफ्नो बिकासको बाटो निर्णय गर्ने आफ्नै उचित कारणहरु पनि छन् । त्यसैले समेत चीन आफुले के गर्ने र के नगर्ने भन्ने कुरामा यतिबेला अझ बढी सजग रहेको पनि देखिन्छ । यसबाट चीन बिश्वकाप्रति कत्तिको गम्भीर र जिम्मेवार छ भन्ने कुराको पनि संकेत मिल्दछ । चीनले के गर्ने भन्ने सन्दर्भमा – बिश्वका साझा समस्या समाधान गर्ने तथा बिश्व शान्ति र बिकासलाई योगदान दिने – कुरामा सक्रिय रहने साझा सरोकारका बिश्वका समस्यासँग यो सम्वन्धित र केन्द्रित छ ।

वास्तवमा चीन अरु सबै देशहरुसँग जीत–जीतको सहकार्यको महत्वपूर्ण नीति अपनाउँदै आएको छ । यसरी चीनले अमेरिका सहित बिश्वका प्रमूख शक्तिशाली देशहरुसँग नयाँ नमूनाको सम्बन्ध बिकसित गर्न चाहेको देखिन्छ । यसले चीन र अमेरिका समेत बिश्वका अरु देश र जन समूदायहरुको पनि स्वार्थ, चाहना र अपेक्षको प्रतिनिधित्व गर्दछ भन्नेमा शायद अत्युक्ति नहोला । अहिलेको दुई महाशक्ति राष्ट्रको ‘ब्यापार युद्ध’को हल पनि चीनले यसरी नै खोज्न चाहेको देखिदैछ ।

यसैले चीन यही पृष्टभूमिमा आफ्नो सफलता, सबलता र अन्तर्राष्ट्रिय हैसियतमा आधारित भएर आफ्नो जिम्मेवारी बहन गर्न अग्रसर भएको देखिन्छ । यहाँ उल्लेख गर्नै पर्छ कि पछिल्लो समयमा चीन नै त्यस्तो पहिलो देश बनेको छ जसले बिश्वब्यापी महामारी कोभिड–१९ लाई बिश्वको एउटा साझा समस्या मानेर अघि बढेको छ । यस अघि इबोलाको महामारीले आक्रान्त अफ्रिकी देशहरुलाई २३ मिलियन अमेरिकी डलरको संकटकालीन नगद आर्थिक अनुदानका साथ खानेकुरा र अरु त्यस सम्वन्धि चीजबीजहरुका साथै चिकित्सक र औषधीहरु पनि लाईबेरिया र सिरियालिओनमा पठाएको थियो । त्यसपछि पनि पुनः यो महामारीका बिरुद्ध थप सहयोग पनि चीनले गर्दै आएको थियो । यसका अतिरिक्त संयुक्त राष्ट्र संघको बिश्व स्वास्थ्य संगठन र अफ्रिकन यूनियनलाई पनि २ मिलियन अमेरिकी डलर बरोबरको नगद सहयोग पनि चीनले दिएको थियो अहिलेको महामारी पछि पनि डब्लुएचओबाट अमेरिकाले हात झिके पनि चीन कायम रहेको मात्रै छैन थप सहयोग दिने बचनबद्धता जाहेर गरेको छ ।

अनि यसैगरी चीन आतंकबादका बिरुद्ध अन्तर्राष्ट्रिय प्रयासहरुमा पनि सक्रियतापूर्वक लागिरहेको छ । यस क्रममा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका सान्दर्भिक प्रस्तावहरुलाई समर्थन गरेर क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्तिका पक्षमा पनि चीन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । गत साल मात्रै आतंकबाद बिरोधी चीनको अभियानलाई बिश्वका ५४ देशहरुले त खुल्लै समर्थन पनि गरिसकेका हुन् । यस सन्दर्भमा चीनले मानबीय सहयोगका लागि इराकलाई ६० मिलियन अमेरिकी डलर दिने तथा शांघाई सहयोग संगठनका सदस्यहरुसँग मिलेर १००० भन्दा बढी आतंकबादी हमलाहरुलाई रोक्ने काम गरिसकेको र गरिरहेको छ । पर्यावरणीय संरक्षणको हिसावले हेर्ने हो भने पनि चीनले २००५ देखि २०१३ का बीचमा कार्बनडाइअक्साईड उत्सर्जनको ३० प्रतिशत अंश कम गरिसकेको छ । अनि यो बर्ष २०२० सम्ममा यो कार्बन उत्सर्जनमा २००५को कार्बन उत्सर्जनको ४० प्रतिशत थप अंश अझ कम गर्ने लक्ष पनि उसले अघि सारेको छ ।

प्रायः निरन्तर शान्तिपूर्ण सह अस्तित्वका पञ्चशीलका पाँच सिद्धान्तको अबलम्बन गर्दै र संयुक्त राष्ट्र संघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनहरुको अनुसरण गर्दै आएको चीनले दक्षिण चीन सागरमा सम्वन्धित सबै पक्षसँग बार्ता र सम्वादका माध्यमद्वारा समस्याको सही समाधान खोज्न तयार रहेको र तत्परता निरन्तर देखाइरहेको पनि छ । भन्नै पर्दछ कि अरु देशहरुले जस्तो चीनले कुनै पनि स्वाधीन देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको पनि छैन । चीन सबै देशका जनताको नागरिक स्वतन्त्रता र उनीहरुको हक अधिकारको सम्मान गर्दै आएको छ । सबै स्वाधीन देशहरुले आफुले स्वतन्त्र किसिमले बिकासको बाटो तय गर्ने कुराको चीनले पूर्ण समर्थन जनाउँने गर्दै आएको छ । वास्तवमा यसैले चीनले निरन्तररुपमा बिकासशील देशहरुको आवाज बुलन्द गर्दै आइरहेको भन्न सकिन्छ र अन्तर्राष्ट्रिय संगठन र मञ्चहरुमा लगातार तिनको पहुच र अपेक्षाको जोडदार वकालत पनि गर्दै आएको देखिन्छ । जसका लागि बिकासशील देशहरुले सहृदय नै चीनको समर्थन पनि गरिरहेका छन् । नेपालको सन्दर्भमा त चीनले नेपालको स्वाधीनता, सार्बभौमिक अखण्डता र स्वतन्त्राको पक्षमा दृढ वकालत गरेको कुराप्रति बारम्बार उल्लेख गर्ने गरेको छ । अनि नेपालले एक चीन नीतिको अनुसरण गरिरहोस् र तिब्बतमा नेपालको तर्फबाट अबाञ्छित घुसपेठ हुने कुराप्रति सतर्क रहोस् भन्ने कुरा बारम्बार आग्रह गरिरहेको छ । नेपालले लिपु लेकको हाम्रो जमिन र भौगोलिक अखण्डता सम्बन्धमा चीनसँग कुरा राखेको कुरा प्रकाशमा आएको छ र त्यो निर्णमा पुनर्बिचार गर्ने बचन दिएको बताइएको छ । नेपालले सही कुरा राखेपछि चीन त्यस मामिलामा पनि सही निष्कर्शमा पुग्ने बिश्वास गर्न सकिने आधारहरु पनि छन् । चीनसँग बिबाद भएका सीमाका कुराहरु पहिले पनि सच्चिएका छन् र अब पनि कुनै बिबाद भए सच्चिने बिश्वास गर्न सकिने बिगतका अनुभवहरु छन् ।

वास्तवमा चीन अरु सबै देशहरुसँग जीत–जीतको सहकार्यको महत्वपूर्ण नीति अपनाउँदै आएको छ । यसरी चीनले अमेरिका सहित बिश्वका प्रमूख शक्तिशाली देशहरुसँग नयाँ नमूनाको सम्बन्ध बिकसित गर्न चाहेको देखिन्छ । यसले चीन र अमेरिका समेत बिश्वका अरु देश र जन समूदायहरुको पनि स्वार्थ, चाहना र अपेक्षको प्रतिनिधित्व गर्दछ भन्नेमा शायद अत्युक्ति नहोला । अहिलेको दुई महाशक्ति राष्ट्रको ‘ब्यापार युद्ध’को हल पनि चीनले यसरी नै खोज्न चाहेको देखिदैछ ।

आन्तरिकरुपमा चीनले आफ्नो सुधार कार्यक्रमलाई अझ गहिराइकासाथ अघि बढाउन चाहेको छ र अहिलेसम्मका सुधारबाट प्राप्त उपलब्धीहरुलाई सबै देशहरुसँग बाड्चुँड गर्न चीन चाहन्छ । यसै क्रममा चीनले ‘ब्रिक्स बिकास बैंक’को स्थापना एकातिर गरेको छ भने अर्कोतिर ‘एशियाली पूर्बाधार लगानी बैक’ अर्थात ‘ऐब’ को पनि स्थापना गरिसकेको छ । चीनले उदीयमान देशहरुको पारस्परिक सहयोगलाई यसरी उच्च चरणमा उठाउन पनि खोजिरहेको छ । चीनले ‘एक क्षेत्र, एक बाटो’ अर्थात ‘बीआरआई’ परियोजनाको पहल पनि तदारुकताका साथ गरिरहेको छ । यसले सम्वद्ध क्षेत्र र त्यस बाटोमा पर्ने देशहरुका लागि सूनौलो अवसर प्रदान गर्ने र चूनौतिहरु पनि खडा गरिदिने छ नै । यी कुराहरुलाई गम्भीररुपमा ध्यानमा राखेर चीनले पार्टीको नेतृत्व निर्माण, पार्टी निर्माण, भ्रष्टाचार बिरुद्ध सशक्त अभियान,ठोस र प्रभाबकारीरुपमा लक्षित समुदाय र समूहको गरीबी निबारण, पर्याबरणको संरक्षण र सम्बद्र्धन, दीगो आर्थिक बिकास तथा जन जीबिकाको सुधार र प्रगतिलाई उच्च प्राथमिकता दिएको छ । वास्तबमा चीन जस्तो बिशाल भूभाग र जनसंख्या भएको मुलुकका लागि यी कम महत्वका कुराहरु होइनन् ।

अझ महत्वपूर्ण र उल्लेखनीय अर्को पक्ष के छ भने चीनले शान्तिलाई नोक्सान पुग्ने र यसलाई धम्क्याउने काम कहिले पनि नगर्ने दृढ प्रतिबद्धता जाहेर गरेको छ । ‘अरुले आफुलाई जस्तो ब्यवहार गरुन् भन्ने सोचिन्छ त्यस्तै ब्यवहार अरुलाई पनि गर्ने’ सिद्धान्त चीनले लिएको प्रष्ट देखिदै अएको छ । त्यसैले चीनले आफ्नो प्रतिरक्षा नीति पनि प्रतिरक्षात्मक नै लिएको छ र जहिले पनि कुनै प्रभुत्ववादी शक्ति र शक्ति केन्द्रको राजनीतिका बिरुद्ध रहँदै आएको छ । यथार्थतः यसरी चीन आफुले के गर्ने र के नगर्ने भन्ने कुरामा एकदमै स्पष्ट छ । यसले के दर्शाउदछ भने चीन सबै साना ठूला देशहरुसँग नयाँ समान सम्वन्ध राख्ने र त्यसलाई अझ बिकसित गर्ने निक्कै बुद्धिमत्तापूर्ण बाटोमा निरन्तर अग्रसर छ र रहने छ ।

चीनको आजको यस बिश्व–नीतिको ठोस परिप्रेक्ष र उसको यस दिशामा निरन्तर बढ्दो अग्रसरताको पृष्ठभूमिमा नै नेपालसँगको चीनको सम्वन्धलाई हेरिनु र हेक्का राखिनु उपयुक्त हुन्छ । मञ्जुश्री, बुद्ध, अरनिको, भृकुटी, ह्वेन साङ्ग, फाहियानहरुले बनाएको दुइ देश बीचको प्राचीन सम्वन्धको जगमा बिकसित भएको दौत्य सम्वन्धलाई आज पनि हामीले बिर्सनु हुदैन । अनि नेपाल र चीनको स्वायत्त प्रदेश तिब्बतसँग केरुङ्गको बाटो भएर ब्यापारिक आदान प्रदान, तिब्बतमा चल्ने गरेको नेपाली सिक्का ‘महेन्द्र मल्ली’ दुइ देशका बिच युद्ध हुँदा हतिरयार र रसदपानी ओसार पसारमा समेत गर्न चालु रहेको त्यो आवत जावतको मूलबाटोले पछि निरन्तरता किन पाएन भन्ने कुरातिर पनि ध्यान दिनु पर्दछ । किन कम गुलजार हुने सानो क्षमतामा मात्र सीमित रहने किसिमले अरनिको राजमार्गमा हाम्रो देश गयो या लगियो यो पनि एकदमै बिचारणीय पक्ष छ । यद्यपि यति बेला त्यो पहिलेकै केरुङ्ग नाका चीन नेपाल आवात–जावतको मूल बाटो बन्ने र नेपाल चीन सीमा क्षेत्रमा अरु नाकाहरुबाट पनि क्षेत्रीय स्तरमा मार्गहरु खोल्ने कुराकानी भइरहेको सन्दर्भमा अरनिको राजमार्गको उपादेयता पनि रहन्छ नै । यसले चीनसँगको सतह मार्ग अझ ब्यापक हुने कुरा छँदैछ । त्यसका साथै अब हवाई र सामुद्रिक मार्ग तथा सञ्चारका सम्पर्कको बिस्तारबाट पनि नेपाल भू—जडित हुने स्थिति बन्ने देखिन्छ । त्यसैले नेपाललाई भू–जडित राष्ट्र बनाउने कुरा राष्ट्रपति शी आएको बेलामा पनि बिशेष चर्चाको बिषय बन्यो । यसले नेपालको परम्परागत सीमित देशमा भर पर्ने र एकतर्फीरुपमा परामुखापेक्षी भइरहने स्थितिबाट नेपाल मुक्त हुने दिशामा अग्रसर हुन सक्ने स्थिति बिकसित हुने सम्भावना प्रबल रहेको छ । तर यसलाई ब्यबहारमा खरो उतार्न र ब्यबहारिक बनाउन ब्यापक गृहकार्य गर्न र तयारी गर्न ज्वलन्त अत्याबश्यक छ ।

हुन पनि दुइ देश बीच परस्पर बिश्वासको बातावरण बन्नु मात्र पर्याप्त हुँदैन त्यो बिश्वास ब्यवहारमा परिणत हुनु नितान्त जरुरी हुन्छ । अन्यथा सम्वन्ध मैत्रीपूर्ण र बिश्वसनीय छ भनेर जसरी बिगतदेखिका दशकौं दशक गुज्रिए फेरि पनि त्यसै प्रबृत्तिले निरन्तरता पायो भने नेपाल–चीन सम्वन्धले २१औ शताब्दी सुहाउँदो गति लिन सक्तैन र चीनले खोजे जस्तो राष्ट्रहरु बीचको जीत–जीतको स्थिति पनि बिकसित हुुन सक्तैन ।नेपालले चीनसँगको सम्वन्ध, सम्पर्क र सम्भावनालाई के कसरी ब्यापक र उपलब्धीमूलक तुल्याउन सकिन्छ भन्ने बारेमा बिगतका अनुभवका आधारमा समेत गहन, गहिरो र गम्भीर अध्ययनकासाथ अघि बढ्ने सार्थक प्रयत्न गर्नै पर्दछ । आत्मर्भिर बन्ने र सम्मानपूर्ण तथा सार्थक अन्तरनिर्भरताको बाटो वास्तवमा आजको अन्तर्राष्ट्रिय सम्वन्ध मूल आबश्यकता नै यही हो ।

यसका लागि नेपालले साच्चैनै ब्यबहारबाटै सबै छिमेकी देशहरु र बिश्वभरीका राष्ट्र समुदायसँग सम–मैत्री सम्बन्धको मान्यतालाई दृढतापूर्वक अघि बढाउन चीनसँगको सम्वन्धलाई अझ उच्चाईमा लाने र सुदृढ पार्ने कुरालाई गम्भीरताकासाथ लिनु र आत्मसात गर्नु पर्दछ । नेपालको समुन्नति शान्ति र स्थिरताको लागि निश्चय नै यो आजको प्रबल राष्ट्रिय आबश्यकता र अपेक्षा पनि हो । चीन–नेपाल जन मैत्री अमर रहोस् !

वि.सं.२०७७ साउन १७ शनिवार १६:२६ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...