back
CTIZAN AD

मलेसियामा कुटिएका नेपालीको घटनाबारे अनुुसन्धान शुरु

वि.सं.२०७७ साउन १७ शनिवार

759 

shares

१७ साउन, काठमाण्डौ । नेपाली सुरक्षा गार्डलाई कुटेको भिडियो भाइरल भएपछि मलेसियन प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

जलन मदरसाको पार्किङ स्थलमा भएको एक घटना उदृत गर्दै स्थानीय पत्रिका ‘द स्टार’ ले मलेसियन प्रहरीद्धारा अनुसन्धान शुरु गरेको बताएको हो ।

जुलाई ७ मा खिचिएको भिडियो हालैमात्र सार्वजनिक भएको र भाइरल बनेको कारण मलेशियन प्रहरी घटनाको अनुसन्धान र घटनाको कारण पत्ता लगाउन सक्रिय भएको छ । सो घटनाको बारेमा कसैलाई थाहा भएमा आफूहरुलाई जानकारी गराउन पनि मलेशियन प्रहरीले संपर्क नम्बर सहित आग्रह गरेको छ ।

भाइरल भएको भिडियोमा एक शंकास्पद् पाकिस्तानी नागरिकले नेपाली सुरक्षा गार्डलाई लठ्ठीले पिटेको प्रष्ट देखिएको छ ।
प्रहरीका अनुसार ०१६ ३७६ ७३९० , ०१६ २०१ ४३३४ अथवा क्वालालम्पुर प्रहरीको हटलाइन ०३ २११५ ९९९९ मा सुचना दिन सकिनेछ ।

यसैबीच  मलेसियास्थित नेपाली दूतावासले पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको नेपाली सेक्युरिटी गार्डलाई कुटपिट गरेको भिडियो सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको जानकारी दिएको छ । साथै दूतावासले यस विषयमा थप जानकारी भएमा दूतावासको इमेल ठेगाना eonkualalumpur@mofa.gov.np वा हाम्रो हटलाइन नम्बर ०१६२४७२७७७ मा सम्पर्क गर्न समेत अपिल गरेको छ ।

वि.सं.२०७७ साउन १७ शनिवार १३:१७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...