back
CTIZAN AD

आज काठमाण्डौंका ३२ सहित २२४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९,७७१ पुग्यो

वि.सं.२०७७ साउन १६ शुक्रवार

846 

shares

१६ साउन काठमाण्डौं । नेपालमा आज २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी पर्सामा ४१ जना, काठमाण्डौंमा ३२ जना, बझाङमा २५ जना, कन्चनपुरमा १८ जना, दार्चुलामा १६ जना, झापामा १३ जना, मोरङमा १५ र कैलालीमा १५ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षण झापाका १, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १२ जना, मोरङका १५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धनुषामा गरिएको परीक्षणमा जनकपुरमा १ जना, बाराका १, सर्लाहीका १ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका २, पर्साका ४१, रौतहटका १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बझाङका २५, कैलालीका १५ काठमाण्डौंका ८ र नुवाकोटका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा बाराका १, काठमाण्डौंका ३, ललितपुरका २ र रौतहटका २ जनामा संक्रमण पुष्टि भएको छ ।

भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासीपूर्वका २ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा मकवानपुरका १ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका १६, कन्चनपुरका १८ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौंका २, ललितपुरका २ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौंका १ जना, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाण्डौंका १८ र ललितपुरका १ जना, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जना,प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्कीका १, म्याग्दीका २, तनहुँका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २, रुपन्देहीका १ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका १, दैलेखका १, दाङका १ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा दाङकमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका १ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका १० र डोटीका ३ जना गरी जम्मा २२४ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका २२४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १९ हजार ७७१ पुगेको छ ।

आज काठमाण्डौं उपत्यकाका ४५ सहित २७४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १९,५४७ पुग्यो

वि.सं.२०७७ साउन १६ शुक्रवार १६:५१ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...