back
CTIZAN AD

आज काठमाण्डौं उपत्यकाका ४५ सहित २७४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १९,५४७ पुग्यो

वि.सं.२०७७ साउन १५ बिहीवार

828 

shares

१५ साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका ४५ सहित २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी पर्साका ४९ जना, काठमाण्डौं उपत्यकामा ४५ जना, बाँकेमा २०, धनुषामा १४ जना संक्रमित भेटिएका छन् । साथै आज काठमाण्डौंमा ४१, भक्तपुरमा २, ललितपुरमा २ गरी उपत्यकामा ४५ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका २ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १, उदयपुरका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ३ जना, सर्लाहीका १, मोरङका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १४ जना, महोत्तरीका ४ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका ६, पर्साका ४७ जना, नवलपरासीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २, काठमाण्डौंका १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा बाराका ५, चितवनका १ जना, दोलखाका १, गोरखाका १, काठमाडौंका १३ महोत्तरीका १, रौतहटका २, सर्लाहीका १ र सप्तरीका २ जनामा संक्रमण ुपष्टि भएको छ ।

भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासीपूर्वका ४ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा अर्घाखाँचीका १, कपिलवस्तुका १ र प्युठानका २ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा बाराका १, दाङका १, धादिङका ४, काठमाण्डौंका ४, खोटाङका १, नुवाकोटका २, पर्साका १, सर्लाहीका २ जना र स्याङजाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाण्डौंका ३ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाण्डौंका २, ललितपुरका २, महोत्तरीका १, पर्साका १ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लम्जुङका १ र कास्कीका १ जना, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ६, कास्कीका २, लम्जुङका २, तनहुँका ३, स्याङजाका ११ र नवलपरासीपुवूका १ जनामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा नवलपरासीपूर्वका १, बाँकेका २०, बर्दिका ८, दाङका २, कन्चनपुरका १, प्युठान, सर्लाहीका १\१ जना र सुर्खेतका २ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा रुपन्देहीका १ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा मुगुका १, सल्यानका ३ र सुर्खेतका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका १० जना, चौरजहारी नगरपालिका रुकुम पश्चिमा प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोटका १ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका २ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका १, कैलालीका ५ र कन्चनपुरका १ जना गरी आज जम्मा संक्रमितको संख्या २७४ पुगेको छ ।

आज काठमाण्डौंका चौधसहित २१० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९,२७३ पुग्यो

वि.सं.२०७७ साउन १५ बिहीवार १६:५७ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...