back
CTIZAN AD

आज काठमाण्डौंका चौधसहित २१० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९,२७३ पुग्यो

वि.सं.२०७७ साउन १४ बुधवार

909 

shares

१४ साउन काठमाण्डौं । नेपालमा आज २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी डोटीमा ५२, पर्सामा ३४, स्याङजामा २६, काठमाण्डौंमा १४, महोत्तरीमा १४ र धनुषामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा मोरङका ३, सुनसरीका १ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सप्तरीका १, सर्लाहीका १, धनुषाका १२ जना र महोत्तरीका १३ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा पर्साका ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १, धादिङका ७, कपिलवस्तुका २, काठमाण्डौंका २ जना, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौंका ७ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा नवलपरासपूर्वका २ र रौतहटका १ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौंका २ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा काठमाण्डौंका १ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी प्रयोगशाला काठमाण्डौंमा सप्तरीका १ जना, स्टार अस्पताल सानेपामा काठमाण्डौंका २, महोत्तरीका १ जना, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ७ जना, स्याङजाका २६ जना, म्याग्दीका २ जना, तनहुँका १ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका २ जना, डोटीका १५ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा डोटीका ३७ जना, कैलालीका ८ जना र कन्चनपुरमा ८ जना गरी आज जम्मा २१० जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका २१० जना थपिएसँगै सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १९ हजार २७३ पुगेको छ ।

आज काठमाण्डौंका ४८ जनासहित ३११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

वि.सं.२०७७ साउन १४ बुधवार १६:३९ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...