back
CTIZAN AD

आज काठमाण्डौंका ४८ जनासहित ३११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

वि.सं.२०७७ साउन १३ मंगलवार

774 

shares

१३ साउन काठमाण्डौं । नेपालमा आज ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा ४८ जना, डोटीमा ४८ जना, कपिलवस्तु्मा ३४ जना, स्याङजामा १८ जना, स्याङजामा १८ मोरङमा १७ जना, अछाममा १६, सप्तरीमा १५ जना र पर्सामा १४ जना संक्रमित भेटिएका छन् ।

आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २, मोरङका १६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १, ओखलढुंगा १ र मोरङका १ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८ जना, महोत्तरीका ८ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका १, इलामका १, पर्साका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १, कपिलवस्तु्का ३४ जना, काठमाडौंका ११ जना, नुवाकोटका १, सिन्धुपाल्चोकका ४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा दाङका १, गोर्खाका १, काठमाण्डौंका ९, ललितपुरका १ र रामेछापका १ जनामा संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासीपूर्वका १ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा धनुषाका १, पर्साका १, ललितपुर र सर्लाहीका १\१ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा नवलपरासीका १, काठमाण्डौंका १ जना, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाण्डौंका २१ जना, स्टार अस्पताल सानेपामा काठमाण्डौंका ६ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्कीका २, लम्जुङका २, स्याङजाका १८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बाराका ४, रौतहटका १ र मकवानपुरका १ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा दाङका ५, बाँकेका ३ जना, लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा गरिएको परीक्षणमा नवलपरासीपूर्वका ५ र रुपन्देहीका २ जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ३ जना, दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका १ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका ३, डोटीका ३५ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका १६, दार्चुलाका १, डोटीका २३ जना, कैलालीका १८ जना, कन्चनपुरका १ जना गरी आज जम्मा ३११ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका ३११ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १९ हजार ६५ पुगेको छ ।

नेपालमा आज १३९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १८,७५२ पुग्यो

वि.सं.२०७७ साउन १३ मंगलवार १६:४५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...