back
CTIZAN AD

पार्टी विवादमा किन मौन देखिए बादल ? किन गएनन् बालुवाटार

वि.सं.२०७७ साउन १३ मंगलवार

846 

shares

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवादमा स्थायी समितिसमेत रहेका रामबहादुर थापा ‘बादल’ मौन देखिएका छन् । पछिल्लो पार्टी विवादमा उनी कुनै पनि पक्षले बोलाएको बैठकमा उपस्थिति छैनन् ।

दाहाल निकट मानिए पनि सोमबारको दाहाल पक्षीय भेलामा उनको उपस्थिति थिएन् भने बालुवाटारमा मंगलबार भएको स्थायी समिति बैठकमा पनि उनको उपस्थिति रहेन ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गराएसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालसहितको उपस्थितिमा मंगलबार बालुवाटारमा स्थायी समिति बैठक बसेको थियो । जहाँ बादल उपस्थिति भएनन् ।

ओली निकट जस्तो गरि देखिदाँ निकटबाट आलोचित बनेका उनी विवादबाट जोगिन विभिन्न पक्षका भेलामा सहभागी नभएको जानकार बताउँछन्


बालुवाटारमा भएको बहुमत स्थायी समिति सदस्यहरुको बैठकमा प्रचण्डले अर्का अध्यक्ष ओलीसँगको छलफल र बाँकी रणनीतिबारे भनाई राखेका थिए । उनले पार्टी एकतालाई जोगाउन सदस्यहरुलाई अपिल गरेका थिए ।

बैठक स्थगित भएसँगै पार्टीका उपाध्यक्ष बामदेव गौतमले भने आफ्नो बेग्लै प्रस्ताव पार्टीभित्र राखेका थिए । उनले महाधिवेशनसम्मको लागि केहि एजेण्डामा सहमती गरेर जानुपर्ने भन्दै ६ बुँदा प्रस्तावको रुपमा अघि सारेका छन् ।

ओली निकट जस्तो गरि देखिदाँ निकटबाट आलोचित बनेका उनी विवादबाट जोगिन विभिन्न पक्षका भेलामा सहभागी नभएको जानकार बताउँछन् । उनको सचिवालयले भने उनको व्यस्थतालाई अनुपस्थितिको कारण बनाएको छ ।

वि.सं.२०७७ साउन १३ मंगलवार १६:५० मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...