back
CTIZAN AD

नेपालमा आज १३९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १८,७५२ पुग्यो

वि.सं.२०७७ साउन १२ सोमवार

846 

shares

१२ साउन काठमाण्डौं । नेपालमा आज १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी दैलेखमा २८ जना, पर्सामा २० जना, सप्तरीमा २१ जना तथा धनुषा र महोत्तरीमा १०\१० जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका २१, सिराहाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १० जना र महोत्तरीका १० जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा पर्साका १८ जनामा संक्रमण पुष्टि भएको छ ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेका १ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका ३ र पर्साका २ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा काठमाण्डौंका १ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाण्डौंका २ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ३ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका १ जना, प्रादेशिक अस्पताल लुम्बिनीमा गरिएको परीक्षणमा रुपन्देहीका १ जनामा संक्रमकण पुष्टि भएको छ ।

त्यसैगरी सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १ जना, दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका २८ जना, चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका २ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका ४ जना गरी आज जम्मा १३९ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १३९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १८ हजार ७५२ पुगेको छ । कुल संक्रमितमा हालसम्म १३ हजार ७५४ जना संक्रमण मुक्त भइसकेका छन् । बाँकी संक्रमितको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

आज काठमाण्डौंका आठसहित १३० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १८,६१३ पुग्यो

वि.सं.२०७७ साउन १२ सोमवार १६:३७ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...