back
CTIZAN AD

आज काठमाण्डौंका आठसहित १३० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १८,६१३ पुग्यो

वि.सं.२०७७ साउन ११ आइतवार

891 

shares

११ साउन काठमाण्डौं । नेपालमा आज १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज सबैभन्दा बढी मोरङमा २६ जना, दैलेखमा २५ जना र अछाममा १४ जना जना संक्रमित भेटिएका छन् । साथै आज काठमाण्डौंमा ८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १, मोरङका ३, इलामका ८,सिराहाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका २, उदयपुरका १, तेह्रथुमका १ र मोरङका २३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १ र महोत्तरीका २ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दाङका १, काठमाण्डौंका २, नुवाकोटका १, सोलुखुम्बुका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका ३ जना र पर्साका ३ जना, किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र हेटौडामा नवलपरासीपूर्वका २ र रौतहट र मकवानपुरका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा बाराका १ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका १ र काठमाण्डौंका ३ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोर्खा र कास्कीका २/२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देही र अर्घाखाँचीका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २, बर्दिका ६ र जुम्लाका १ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा रोल्पाका ३ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १, सुर्खेतका ३ जना, दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका २४ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका १४ जना, बाजुराका ३ र कन्चनपुरका १ गरी गरी जम्मा १३० जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १३० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १८ हजार ६१३ पुगेको छ । जसमा ५ हजार ५४० जना संक्रिय संक्रमित रहेका छन् ।

नेपालमा आज १०९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,४८३ पुग्यो

वि.सं.२०७७ साउन ११ आइतवार १६:४५ मा प्रकाशित

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...