back
CTIZAN AD

महामारी सुरु भएको ७ महिना पश्चात उत्तर कोरियामा देखियो कोरोना

वि.सं.२०७७ साउन ११ आइतवार

795 

shares

काठमाडौं । कोरोना महामारी सुरु भएको झण्डै ७ महिनापश्चात उत्तर कोरियामा पनि कोरोनाको संक्रमण देखिएको छ । उत्तर कोरियाको सरकारले कोरोना संक्रमण देखिएसँगै दक्षिण कोरियाली क्षेत्रसँग जोडिएका शहरहरुमा लकडाउनको घोषणा गरेको छ ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएअनुसार भेटिएका कोरोना संक्रमित एक भगौडा हुन । उनी तीन वर्ष पहिले देश छोडेर भागेका थिए । उनी गत १९ जुलाईमा गैरकानूनी रुपबाट सीमा पार गरेर देश भित्रिएका थिए ।

संक्रमणको पुष्टी भएसँगै राष्ट्रपती किम जोंग उनले शनिबार पोलिट ब्यूरोको इमरजेन्सी बैठक बोलाई केहि क्षेत्रमा लकडाउन जारी गर्दै अलर्ट रहन निर्देश गरेका थिए । कोरिया सरकारले संक्रमितको पहिचान र सक्रमितको सम्र्पकमा आएका व्यक्तिको खोजी तिव्र बनाएको छ । संकास्पदलाई तत्कालै क्वारेन्टाईनमा लगिने व्यवस्था गरिएको छ ।

पहिलो संक्रमणको घटना

यदि कोरोना संक्रमण पुष्टी भएको खण्डमा उत्तर कोरियामा यो नै पहिलो आधिकारिक संक्रमणको घटना हुनेछ । यस वर्षको जनवरीमा छिमेकी देश चीनमा संक्रमण फैलिएसँगै उत्तरले सावधानी अपनाएको थियो । किमले सबै सीमा क्षेत्र सील गर्न निर्देश गरेका थिए । हजारौं मानिसलाई संक्रमणको आशंकामा क्वारेन्टाइनमा लगिएको थियो ।

महामारी भएमा देशमा पर्न सक्छ समस्या

उत्तर कोरिया विश्वको यस्तो देश जसले महामारीबाट बच्नको निमित्त सबैभन्दा पहिले कदम उठाएको थियो । चीन र रुससँग जोडिएको व्यापारिक सम्बन्ध पनि कोरोनालाई हेर्दै उत्तरले तत्काल बन्द गराएको थियो । जसको कारण उत्तरमा थुप्रै व्यावसायीक क्षेत्र समस्यामा आएका थिए ।

यहाँको स्वास्थ्य क्षेत्र विश्वभरमा सबैभन्दा उत्कृष्टमा गनिन्छ । यदि महामारी फैलीएमा भने यहाँ अवस्था नाजुक हुन जानेछ । कयौं देशले व्यापारीक सम्बन्ध तोडेको उत्तरमा महामारीले निकै आर्थिक समस्या पार्न सक्ने देखिन्छ । जहाँ औषधीको पनि समस्या हुनसक्नेछ । एजेन्सीबाट

वि.सं.२०७७ साउन ११ आइतवार १६:५९ मा प्रकाशित

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...