back
CTIZAN AD

ओलीसँग वार्ता गरेर सहमती खोज्न दाहाललाई जिम्मा दिने स्थायी समितिको निर्णय, ओलीको कदम अनुचित भएको ठहर

वि.सं.२०७७ साउन १३ मंगलवार

762 

shares

काठमाडौं । सत्तारुढ नेकपाभित्रको किचलोका बीच बालुवाटारमा भएको नेकपा स्थायी समितिको बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमती खोज्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ ।

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीसँग सहमती खोज्दै बैठक बसाल्न प्रचण्डलाई जिम्मा दिएको जानकारी दिए ।

उनका अनुसार ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित रहेको ठहर पनि बैठकले गरेको छ । ‘जारी स्थायी कमिटी बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले विधि विपरित स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन’ पत्रकारसँग कुराकानी गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यस विषम परिस्थितिमा पार्टीको एकता र विधि र परम्परालाई ध्यानमा राखि अर्का अध्यक्ष कमरेड ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय भएको छ।’

बैठकले पार्टी एकताको रक्षा र पार्टीलाई विधि र पद्धतिअुनसार अगाडि बढाउन सबै नेता, कार्यकर्ता र सदस्यलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ । प्रवक्ताले श्रेष्ठले भने, ‘पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्धति अनुसार अगाडि बढाउन, संकटलाई सकारात्मक ढंगले निकास दिनेगरी योगदान पुर्याउन सबै नेता कार्यकर्ता र सदस्यलाई आआफ्नो ठउँबाट भूमिका खेल्न आग्रह गर्ने निर्णय भएको छ ।’

श्रेष्ठले जनाएअनुसार बैठक अघि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले गरेको भेट निरअर्थ रहेको थियो । ओलीले बैठक राख्न गरेको अनुरोधलाई अस्वीकार गरेका थिए ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले थप छलफल आवश्यक भएको भन्दै एकपक्षीय रुपमा स्थगित गराएका थिए ।

वि.सं.२०७७ साउन १३ मंगलवार १६:३० मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...