back
CTIZAN AD

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

वि.सं.२०८३ असार ३१ बुधवार

174 

shares

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् ।

केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरण र प्रदेश तहमा गरिएको पूर्वसहमति बमोजिम नयाँ सरकार गठनको बाटो खोल्न कांग्रेसका चारै जना मन्त्रीहरूले बुधबार बिहान मुख्यमन्त्री यामलाल कँडेलसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।

सरकारबाट बाहिरिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत विकासमन्त्री विजया बुढा हुनुहुन्छ। उहाँहरू वि.सं. २०८१ साउनमा कँडेल नेतृत्वको सरकारमा सहभागी हुनुभएको थियो। राजीनामा पश्चात् सामाजिक विकासमन्त्री भण्डारीले मुख्यमन्त्रीलाई भेटेरै राजीनामा पत्र बुझाइएको र जनसरोकारका कामलाई गति दिँदै नयाँ प्रक्रियाका लागि मार्गप्रशस्त गरिएको जानकारी दिए ।

राजीनामा दिनुअघि बुधबार बिहानका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक कांग्रेसका मन्त्रीहरूले बहिष्कार गरेका थिए। बैठक सुरु हुनु अगावै मुख्यमन्त्री कार्यालय पुगेका वनमन्त्री अधिकारी र सामाजिक विकासमन्त्री भण्डारी बैठकमा सहभागी नभई राजीनामा बुझाएर बाहिरिनुभएको थियो। आर्थिक मामिलामन्त्री शाह हाल वैदेशिक भ्रमणमा रहेका छ भने ऊर्जामन्त्री बुढा पनि बैठकमा उपस्थित थिए ।

हाल कर्णाली प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त गठबन्धन सरकार क्रियाशील छ, जसमा एमालेबाट मुख्यमन्त्री कँडेलसहित दुई मन्त्री र एक राज्यमन्त्री रहनुभएको छ। दुई दलबीच सरकारको नेतृत्व आलोपालो सञ्चालन गर्ने आन्तरिक समझदारी बनेको थियो। पार्टीभित्र मन्त्रीहरूको कार्यसम्पादनलाई लिएर उठिरहेका प्रश्नहरू र सरकार सञ्चालनको पूर्वसहमति कार्यान्वयन गर्ने चरण आएकाले कांग्रेसले सरकारबाट बाहिरिने निर्णय लिएको बुझिएको छ। कांग्रेसको यो कदमसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने देखिन्छ ।

वि.सं.२०८३ असार ३१ बुधवार १२:५३ मा प्रकाशित

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...