back
CTIZAN AD

आफ्नैबाट टाढिदैं प्रचण्ड, नेकपाभित्रको शक्ति सन्तुलनमा कमजोर बन्दै

वि.सं.२०७७ साउन १५ बिहीवार

879 

shares

पछिल्ला दिनमा पार्टी विवादको निकासका लागि प्रचण्डले अगाडि सारेका एजेण्डामा उनी निकटकै नेताहरु खुलेर विरोधमा देखिएका छन् । निकट मानिने कतिपय नेताहरुले नै उनको भूमिका ‘नाजायज’ हुन थालेको समेत टिप्पणी गरेका छन् । पार्टी विवादकै बीच डाकिने भेला र बैठकहरुमा नै उनी निकटका प्रभावशाली नेताहरुको उपस्थिति देखिँदैन् ।

काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र बहुमत पक्षको नेतृत्व गर्दछन् । पार्टीभित्र बलियो मानिने माधवकुमार नेपाल र झलनाथ खनाल लामो समयदेखि नै उनको नजिक देखिएका छन् । तर, पछिल्लो खिचातानीका बीच भने उनी आफ्नै समुहबाट टाढिदैं गएका छन् ।

पछिल्ला दिनमा पार्टी विवादको निकासका लागि प्रचण्डले अगाडि सारेका एजेण्डामा उनी निकटकै नेताहरु खुलेर विरोधमा देखिएका छन् । कतिपय निकट मानिने नेताहरुले नै प्रचण्डको भूमिका ‘नाजायज’ हुन थालेको समेत टिप्पणी गरेका छन् । पार्टी विवादकै बीच प्रचण्डबाट डाकिने भेला र बैठकहरुमा नै उनी निकटका प्रभावशाली नेताहरुको उपस्थिति देखिँदैन् ।

माधव नेपाल र झलनाथको साथ

पार्टी एकतादेखि नै नेकपाभित्र वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले प्रचण्डलाई साथ दिँदै आएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको निरन्तर पेलानमा परेका उनीहरुले पार्टी एकतासँगै प्रचण्डलाई साथ दिएका हुन् । पछिल्ला विवादमा पनि उनीहरु खुलेरै ओलीको विरुद्वमा छन् ।

पछिल्ला अधिकांश गुटगत भेलामा पनि उनीहरु प्रचण्डको साथमा देखिन्छन् । गत असार १० देखि जारी स्थायी समिति बैठकमा पनि उनीहरुको एजेण्डा करिब संयुक्त नै छ । पार्टी विवादकै बीच गत असार १७ मा भएको झम्सीखेल भेलामा पनि प्रचण्ड, खनाल र नेपाल समुहले ओलीलाई दुवै पदबाट राजीनामा गराउने संयुक्त निर्णय गरेका थिए । ओलीलाई राजीनामा गराउने संयुक्त निर्णयमा पार्टीका उपाध्यक्ष वामदेव गौतमले पनि साथ दिएका थिए ।

पार्टी विवादकै बीच गत असार १७ मा भएको झम्सीखेल भेलामा पनि प्रचण्ड, खनाल र नेपाल समुहले ओलीलाई दुवै पदबाट राजीनामा गराउने संयुक्त निर्णय गरेका थिए । ओलीलाई राजीनामा गराउने संयुक्त निर्णयमा पार्टीका उपाध्यक्ष वामदेव गौतमले पनि साथ दिएका थिए ।

स्थायी समिति बैठक स्थगित भईरहँदा पटक–पटक भएका गुटगत भेलामा पनि खनाल र नेपाल समुह ओली विरुद्व खुलेरै देखिएका छन् । गत असार २१ मा भएको नेपाल पक्षीय नेताहरुको भेलाले पनि प्रचण्डलाई साथ दिने निर्णय गरेको थियो ।

त्यससँगै भएका श्रृखंलाबद्ध भेला तथा छलफलमा पनि नेपाल र खनाल समुह प्रचण्डको साथमा देखिन्छन् । गत मंगलबारको स्थायी समिति बैठकमा पनि उनीहरुले प्रचण्डलाई साथ दिएका थिए । ओलीको एकल निर्णयमा स्थगित बैठकमा पनि प्रचण्डलाई अगाडि बढ्न उनीहरुको सहयोग थियो । प्रचण्ड समुहकै केही सदस्यहरुको उपस्थिति नभएको बैठकमा खनाल र नेपाल समुहका अधिकांश स्थायी समिति सदस्य उपस्थित थिए ।

तर, सबैभन्दा नजिक ठानिएका नै टाढिए

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुँदै गर्दा नेता जनार्दन शर्मा ‘प्रभाकर’ले निकै महत्वपूर्णं भूमिका खेलेका थिए । पार्टी एकतापूर्वका अधिकांश बैठकहरुको समन्वय पनि उनीबाटै भएको थियो । पार्टी एकताकै अघिल्लो दिन भएको ‘५ बुँदे’ सम्झौतामा पनि उनी साँक्षीको रुपमा रहेका छन् ।

जनयुद्वदेखि नै प्रचण्डको निकट मानिएका प्रभाकर पछिल्लो समय भने प्रचण्डबाटै टाढिँदै गएको विश्लेषण हुन थालेको छ । जसको साँक्षी गत साउन ८ मा प्रचण्ड सचिवालयले निकालेको प्रेस विज्ञप्ती पनि हो । प्रभाकर टाढिएको विश्लेषण हुन थालेपछि प्रचण्डको सचिवालयले प्रेस विज्ञप्ती नै निकालेर प्रभाकर आफ्नै समुहमा रहेको दाबी गरेको थियो । सचिवालयले दाबी गरेपनि प्रभाकरको पछिल्लो भूमिका प्रचण्ड नजिक देखिन्न ।

प्रभाकर टाढिएको विश्लेषण हुन थालेपछि प्रचण्डको सचिवालयले प्रेस विज्ञप्ती नै निकालेर प्रभाकर आफ्नै समुहमा रहेको दाबी गरेको थियो । सचिवालयले दाबी गरेपनि प्रभाकरको पछिल्लो भूमिका प्रचण्ड नजिक देखिन्न ।

प्रभाकर मात्रै नभई नजिक ठानिएका रामबहादुर थापा ‘बादल’ पनि उनको एजेण्डामा सहमत देखिनन्न् । पार्टीभित्र प्रचण्डको अत्यन्तै विश्वासपात्र भनिएका लेखराज भट्टले त खुलेरै समुह परिवर्तन गरेका छन् ।

पछिल्लो खिचातानीसँगै हरिबोल गजुरेल, चन्द्रप्रसाद खनाल, टोपबहादुर रायमाझी र मणि थापालगायतका नेताहरु प्रचण्डको एजेण्डामा सहमत छैनन् । अन्त्यन्तै महत्वका साथ हेरिएको मंगलबारको बालुवाटार बैठकमा पनि रामबहादुर थापा, तोपबहादुर रायमाझी, लेखराज भट्ट र मणी थापाको उपस्थिति थिएन ।

किन हच्कीए पूर्वमाओवादी नेता ?

प्रचण्डको अत्यन्तै निकट मानिएका नेता हरिबोल गजुरेल पछिल्लो पार्टी विवादमा प्रचण्डले अघि सारेको एजेण्ड नै गलत भएको बताउँछन् । संसार न्यूजसँग कुराकानी गर्दै गजुरेलले अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्ने निर्णय गलत भएको बताए । पार्टी एकताको आधारभन्दा बाहिरबाट उठाइएको एजेण्डा नै गलत भएको उनको ठम्माई छ ।

पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमको गलत राजनीतिक स्वार्थको बहकावमा प्रचण्ड आएको उनको समिक्षा छ । पार्टी एकतापूर्व भएको सहमतीअनुसार अगाडि बढ्नुपर्नेमा ओली पक्षले गरेको पेलान बेठिक भएपनि प्रचण्डबाट राखिएको पछिल्लो माग गलत भएको उनको बुझाई छ ।

पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमको गलत राजनीतिक स्वार्थको बहकावमा प्रचण्ड आएको उनको समिक्षा छ । पार्टी एकतापूर्व भएको सहमतीअनुसार अगाडि बढ्नुपर्नेमा ओली पक्षले गरेको पेलान बेठिक भएपनि प्रचण्डबाट राखिएको पछिल्लो माग गलत भएको उनको बुझाई छ ।

उनीजस्तै मणि थापा र टोपबहादुर रायमाझीले पनि एजेण्डाबारे खुलेरै असहमती जनाएका छन् । प्रचण्ड पार्टी एकताको स्प्रीटभन्दा बाहिरबाट अगाडि बढेको उनीहरुको समिक्षा छन् ।

धेरै पूर्वमाओवादी नेताहरुमा प्रचण्डको कारणले नै पार्टी विभाजन भयो भने पूर्वमाओवादी समुह समस्यामा पर्ने मनोविज्ञान पनि व्याप्त छ । खुलेर कुरा नगरेपनि पार्टी विवादको अन्तिम अवस्थामा पूर्वएमालेहरु एक हुने र पूर्वमाओवादीहरु अप्ठ्यारो पर्ने धेरै नेताहरुको बुझाई छ ।

प्रचण्डको शक्ति सन्तुलन के हुन्छ ?

स्थायी समिति बैठक करिब असफल भएको स्थितिमा प्रचण्डलाई सघाउँदै खनाल र नेपाल समुहले पनि केन्द्रीय कमिटी बैठकको मागमा सहमती जनाएका छन् । बुधबार प्रचण्ड, खनाल र नेपाल निकटका १५२ केन्द्रीय कमिटी सदस्यहरुले हस्ताक्षर गरेरै केन्द्रीय कमिटी बैठकको माग राखेका थिए । उनीहरुको मागमा अध्यक्ष ओलीले सुनुवाई गर्ने नगर्ने टुंगो नभएपनि अबको राजनीतिक समिकरण प्रचण्ड अनुकुल नै छ ।

तर, आफ्नैबाट साथ गुमाउँदा नेपाल र खनाल समुहले विश्वास नगर्ने अवस्था रहने कतिपयको विश्लेषण छ । कतिपय विश्लेषक पार्टी उपाध्यक्ष वामदेव गौतमले राखेको ६ बुँदे प्रस्तावले पनि प्रचण्डलाई असहज हुने तर्क गर्दछन् ।

तर, आफ्नैबाट साथ गुमाउँदा नेपाल र खनाल समुहले विश्वास नगर्ने अवस्था रहने कतिपयको विश्लेषण छ । कतिपय विश्लेषक पार्टी उपाध्यक्ष वामदेव गौतमले राखेको ६ बुँदे प्रस्तावले पनि प्रचण्डलाई असहज हुने तर्क गर्दछन् ।

मंगलबार पार्टी विवादकै बीच उपाध्यक्ष गौतमले ओलीकै एजेण्डामा साथ दिने गरि ६ बुँदे प्रस्ताव राखेका थिए । जसमा पूर्वमाओवादी समुहकै ४ जना स्थायी समिति सदस्यले खुलेरै सहमती जनाएका छन् ।

वि.सं.२०७७ साउन १५ बिहीवार १६:०२ मा प्रकाशित