back
CTIZAN AD

कहाँबाट कसले दियो मन्त्री भट्टलाई ज्यान मार्ने धम्की ?

वि.सं.२०७७ साउन १५ बिहीवार

804 

shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूँलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बिहीबार संसदको उद्योण वाणिज्य तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भट्टले आफुँलाई ज्यानमार्ने धम्की आएको बताएका हुन् ।

उनले बताएअनुसार उनलाई उनकै छिमेकी जिल्ला बझाङबाट ज्यान मार्ने धम्की आएको हो ।

कसले किन दियो ज्यान मार्ने धम्की ?

मन्त्री भट्टले बताएअनुसार उनलाई अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा लागेमा टाउको काट्ने धम्की आएको हो । ‘अस्ती मलाई एउटा फोन आयो, बझाङ जिल्लाबाट एमसीसीको बारेमा’ बैठकमा उनले भने, ‘तैले समर्थन गरिस् भने तेरो टाउको काटिन्छ । शब्दै यही छ ।’

मन्त्री भट्टले आफूले एमसिसी सम्झौता पढेको छ भनेर सोध्दा पढ्ने जिम्मा आफ्नो नभएको तर पास नगर्ने भनेपछि नगर्ने भन्ने जवाफ दिएको समेत बताए । ‘अनि मैले भाइ तपाईले (सम्झौता) पढ्नुभएको छ, भनेँ, किन पढ्नुपर्‍यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो भने’ मन्त्री भट्टले थपे ।

उनले प्रष्ट नखुलाएपनि उनीमाथि ज्यानमार्ने धम्की नेत्रविक्रम चन्द विप्लव समुहले दिएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि पनि विप्लव समुहले सत्तारुढ दलकै नेताहरुलाई धम्की दिएको विषय बाहिर आएको थियो ।

वि.सं.२०७७ साउन १५ बिहीवार १७:०२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...