back
CTIZAN AD

नेपालमा कोरोना संक्रमणबाट आज ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५२ पुग्यो

वि.सं.२०७७ साउन १५ बिहीवार

1.1K 

shares

१५ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज ३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्साका २ जना र मोरङका १ जना रहेका छन् ।

मोरङको सुनवर्सी नगरपालिका वडा नं ८ का ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ ।  ज्वरो र स्वास प्रश्वासमा समस्या भएको र निरन्तर भारत आवतजावत गर्ने गरेका उनलाई स्वास्थ्यमा समस्या आएपछि कोभिड अस्पताल विराटनगरबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १४ गते रेफर गरिएको थियो ।

उनको श्वाव संकलन गरी प्रादेशिक प्रयोगशाला प्रदेश नं १ मा परीक्षण गर्दा साउन १४ गते नै कोरोना पुष्टि भएको थियो । आइसीयुमा राखेर भेन्टिलेटरमा उपचार गरिएका उनको बुधबार ४ः४५ मा मृत्यु भएको हो ।

त्यसैगरी पर्साको विरगन्ज महानगरपालिका वडा नं ७ का ७० वर्षीय पुरुषको पनि बुधबारै संक्रमणका कारण मृत्यु भएको हो । मुटु तथा मधुमेहका विरामी रहेका उनको वीरगन्जको निजी अस्पतालमा निमोनियाको उपचार गराउने क्रममा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि साउन ८ गते नारायणी अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।  उनको उपचारकै क्रममा साउन १४ गते बिहान ११ बजे मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । उनमा साउन १४ गते कोरोना पुष्टि भएको थियो ।

पर्साकै विरगन्ज महानगरपालिका वडा नं ५ का ६८ वर्षीय पुरुषको पनि बुधबारै मृत्यु भएको छ । मिर्गौलाको समस्या भएका उनमा साउन ७ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । झाडा पखाला भएका उनी वीरगन्जका विभिन्न निजी अस्पतालमा जाँच गराई साउन १३ गते नारायणी अस्पतालमा पुगेका थिए । त्यहाँको आइसीयुमा राख्न नसकिएकाले नेशनल मेडिकल कलेजमा भर्ना गरेर उपचार गर्ने क्रममा उनको साउन १४ गते बुधबार बिहान ३ बजे मृत्यु भएको थियो ।

बुधबार एकैदिन ३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

कोरोनाबाट आजपनि १ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ४९ पुग्यो

वि.सं.२०७७ साउन १५ बिहीवार १७:३६ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...