back
CTIZAN AD

कोरोना संक्रमणबाट नेपालमा आज पनि ४ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५६ पुग्यो

वि.सं.२०७७ साउन १६ शुक्रवार

816 

shares

१६ साउन, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट आजपनि ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा चारैजना विरगन्जवासी रहेका छन् । ४ मध्ये ३ जनाको विरगन्जमै र एकजनाको ललितपुरमा मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका वडा नं ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुषको साउन १५ गते ११ बजे मृत्यु भएको हो ।
मुटुको रोगी भएका उनको आइसीयु र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । साउन ६ गते कोरोना पुष्टि भएपछि साउन ७ गते गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारका लागि लगिएका उनको शरीरमा अक्सिजनको मात्रा कमि भएको मन्त्रालयले जानकारी दिएको छ ।

पर्साकै वीरगन्ज महानगरपालिका १६ निवासी ३५ वर्षीय अर्का पुरुषको पनि मृत्यु भएको हो । साउन १५ गते बेलुका ५ः४० बजे गण्डक अस्पतालमै मृत्यु भएको हो । साउन ५ गते निजी क्लिनक हुँदै तराई अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि साउन १३ गते ज्वरो र स्वास प्रश्वासमा समस्या आएपछि गण्डक अस्पतालमा भर्ना भएका थिए । श्वाव संकलन गरी परीक्षण गर्दा साउन १५ गते कोरोना पुष्टि भएको थियो ।

वीरगन्ज महानगरपालिका वडा नं २ छपकैया निवासी ६५ वर्षीय पुरुषको पनि साउन १५ गते मृत्यु भएको छ । मृत्यु पश्चात दिउँसो श्वास संकलन गरी गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो ।

वीरगन्ज महानगर ११ का घर भई थसीखेल ललितपुरमा बस्दै आएकी ६५ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।
उनको आज पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । मधुमेह तथा प्रेसरको विरामी रहेकी उनको साउन ६ गते पाटन अस्पतालमा राखेर उपचार गरिएको थियो ।

ज्वरो, खोकी तथा श्वास प्रश्वासमा समस्या भएपछि स्टार अस्पतालमा भर्ना भएकी उनमा साउन ६ गते कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा ल्याइएको थियो ।
आज ४ जनाको मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

विरगन्जमा विहिबार पनि कोरोनाका कारण २ जनाले ज्यान गुमाएका थिए । वीरगन्जमा २ दिनमै ६ जनाको मृत्यु भएको हो ।

नेपालमा कोरोना संक्रमणबाट आज ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५२ पुग्यो

वि.सं.२०७७ साउन १६ शुक्रवार १७:३१ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...