back
CTIZAN AD

कोरोना संक्रमण भयावह बन्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयद्धारा चिन्ता व्यक्त

वि.सं.२०७७ साउन १६ शुक्रवार

927 

shares

१६ साउन, काठमाण्डौं । पछिल्लोपटक कोरोना संक्रमण वृद्धि हुँदै गएको भन्दै स्वास्थ्य मन्त्रालयले चिन्ता व्यक्त गरेको छ ।

मन्त्रालयद्धारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा लकडाउन खुलेपछि बढिरहेको कोरोना संक्रमणका कारण नेपालमा भयावह स्थिति आउन सक्ने भन्दै मन्त्रालयले शतर्कता अपनाउन पुनः अनुरोध गरेको छ ।

लकडाउन खुल्नासाथ विभिन्न सामुहिक गतिबिधि भएको बताउँदै विहिबार मात्र सिराहामा ठूलो आमसभा भएको तथा काठमाण्डौंमा पनि यस्ता सभा सम्मेलनहरु भएको जानकारी मन्त्रालयमा प्राप्त भएको जानकारी दिँदै मन्त्रालयले यसमा दुःख व्यक्त समेत गरेको छ ।

‘राजनीतिक पार्टी, संघसंस्था, कसैले पनि यस्तो आमसभा नगर्नुहुन स्वास्थ्य मन्त्रालय विन्रमतापुर्वक अनुरोध गर्दछ,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, काठमाण्डौंमा संक्रमणको संख्या बढिरहेको छ । नियम पालना गर्नुपर्ने कुरा हामीले हरेक दिन निवेदन गरेका छौं । पालना भइरहेको अवस्था छैन । यसले हाम्रो जनस्वस्थ्यमा ठूलो दुर्घटना ल्याउने कुरा जानकारी गराउन चाहान्छु ।’

उनले नाकामा पनि कन्ट्रोल नभएको बताउँदै हालसालै भारतबाट ओखलढुंगा पुर्याएका २१ कामदार मध्ये १८ जनामा संक्रमण भएको जानकारी समेत दिए । यस्तचा घटनाहरु छिटपुट प्राप्त भएको र यी घटना दुःखद रहेको समेत उनले बताए ।

‘समुहमा बस्नेहरुलाई अहिले कोरोना संक्रमण बढिरहेको छ । यसको उदाहरण प्रहरीमा पोजेटिभ आउनु, स्वास्थ्यकर्मीमा पोजेटिभ आउनु र समुहमा बस्ने मानिसहरुलाई पोजेटिभ आएको पाईएको छ,’ मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने, ‘धेरै जनसम्पर्क हुने मानिसहरुमा कोरोनाको दर बढ्दो छ ।

जनस्वास्थ्यका मापदण्ड अपनाउन हामीले भनिरहेका छौं । यदि यी मापदण्ड अपनाएनौ भने काठमाण्डौं तथा देशैभरी बढ्दै गरेको कोरोनाका विरामीहरुले अस्पतालका बेडहरु नपाउने तथा आइसीयुहरु नपाउने समस्या आइपर्ने हामीले देखेका छौं ।’

डा. गौतमले मास्क नलगाउने २ लाख कारबाहीमा परेको र १६ हजार जनालाई बाटोमा मास्क बाडिएको उनले जानकारी दिएका छन् ।

डा. गौतमले पछिल्लोपटक विरगन्जमामात्रै ८ चिकित्सक, ६ नर्सिङ स्टाफ र ४ जना पारामेडिकल गरी २८ जना स्वास्थ्यकर्मी संक्रमित भएको र त्यसमा जनस्वास्थ्यका मापदण्ड फलो नगरको भन्ने रिर्पोट प्राप्त भएको डा. गौतमले बताएका छन् । उनले सबै स्वास्थ्यकर्मीहरुले पन्जा, मास्क एप्रोन नलगाई विरामी नहेर्न समेत अनुरोध गरेका छन् ।

वि.सं.२०७७ साउन १६ शुक्रवार १७:५७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...