back
CTIZAN AD

सरकारद्वारा १,९६५ अस्थायी दरबन्दी सिर्जना, हेनुस् कुन निकायमा कति ?

वि.सं.२०७७ साउन १६ शुक्रवार

930 

shares

१६ साउन, काठमाडौँ । नोवेल कोरोनाभाइरस (कोभिड–१९) को महामारी र लकडाउनका कारण सरकारी ढुकुटी रित्तिएको भन्दै लोकसेवा आयोगको विज्ञापन बन्द गरेको सरकारले अस्थायी दरबन्दी सिर्जना गरी कर्मचारी भर्ना गर्न थालेको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै लोकसेवा आयोगको नियमित विज्ञापनसमेत बन्द गरेको सरकारले विभिन्न ६ मन्त्रालय मातहतका आयोजनाका लागि भन्दै धमाधम अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ।

कोरोना महामारी र लकडाउनका कारण सरकारी ढुकुटी रित्तिएको भन्दै वैशाख २४ गते बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक खर्च घटाउन नयाँ कर्मचारी भर्ना र नियुक्ति बन्द गर्ने निर्णय गरेको थियो ।

लोकसेवा परीक्षाको तालिकासमेत प्रकाशित गरिसकेर पनि आर्थिक अवस्था कमजोर देखाएर रोक्न लगाएको सरकारले आफैले दरबन्दी सिर्जना गर्नुले सरकार आफ्नै निर्णयविपरीत चलेको देखिन्छ ।

दिनप्रतिदिन कोरोना महामारी फैलँदै गएको र कार्यालयमा कर्मचारी उपस्थित भएर काम गर्ने अवस्था सिर्जना नभैसकेको अवस्थामा अस्थायी दरबन्दी सिजर्ना गर्नुले राज्यलाई करोडौँको व्ययभार थपिने भएको छ ।

हेनुस् कुन निकायमा कति कर्मचारी थपिँदै ?

साउन ५ र साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित अधिकृत स्तरका १९६५ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको थियो ।
साउन ५ को मन्त्रीपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत ७१५, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग र रेल विभाग अन्तर्गत हुने सञ्चालन हुने ५२ वटा आयोजना/योजनाहरुका लागि ३७७, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत ३६७ र खानेपानी मन्त्रालयअन्तर्गत २२३ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय उक्त बैठकले गरेको थियो ।

त्यसपछि पुनः साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले २८३ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गर्यो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत २३९ र कानुन, न्याय तथा संसदीय मामिलाअन्तर्गत ४४ वटा दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

वि.सं.२०७७ साउन १६ शुक्रवार १८:०१ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...