back
CTIZAN AD

साइनोको वार्षिकोत्सव सम्पन्न, ‘साइनो सारथि’ विमोचन

वि.सं.२०७७ साउन १७ शनिवार

867 

shares

१७ साउन, काठमाडौँ । विसं २०७६ श्रावण १५ गते नेपाली माटोमा नेपाली मन लिई फुलेको नेपाली गद्य कविता लेखनको छोटो, छरितो र सिर्जनात्मक विधा साइनोले २०७७ साल श्रावण १५ गते एक वर्षको अवधि पूरा गरेको छ । हाल साइनोले नेपालभित्र मात्र होइन विदेशमा पनि आफ्नो संरचनात्मक रूपसहित सुगन्ध फैलाइरहेको छ । यस सिलसिलामा श्रावण १६ गते साइनोको प्रवर्तन, विस्तार र विकासका लागि लाग्ने व्यक्ति मन, संस्थाहरूले साइनोको वार्षिकोत्सव भव्य रूपमा मनाएको छ ।

साइनो कविता लेखनको वार्षिकोत्सव मनाउने क्रममा साइनो संसार अनुहार पुस्तिकाबाट प्राप्त जानकारीअनुसार अच्यूत पराजुली, अञ्जु भण्डारी, आर्त अकुलीन, कमला देवकोटा, कमला भट्टराई सुवेदी, कमला भण्डारी ढकाल, कमला गौतम, केशव ज्ञवाली, खलवीर नाराज, गणेश कार्की, गोमा विक्रम, चक्रपाणि गौतम, चतुर्भुज नेपाल, चिरञ्जीवी ढकाल, छविलाल खड्का, छायादत्त न्यौपाने, झरना पाण्डे, टङ्कप्रसाद पन्त, तुलसी पण्डित, थोमस थापा, दीपक विष्ट, दीपा रेग्मी, दुर्गा सरु, देवी गौतम, धतानन्द शर्मा, ध्रुव गजुरेल, नारायण खनाल, नारायणप्रसाद उपाध्याय, नारायणप्रसाद न्यौपाने, निर्मला खनाल न्यौपाने, पशुपति राई, पूर्ण चाम्लिङ, प्रमोद भट्टराई, प्रेमा दहाल, बद्री उप्रेती, बलराम सुवेदी, बाबुराम उत्स, बालकुमार क्षेत्री, भीमलाल बस्याल, भोजराज काफ्ले, महेन्द्रमान बलामी, युवालाल सापकोटा, यादव न्यौपाने, रचना शर्मा, रजनी खत्री, रामराजा केसी, रीता प्रयासी पाण्डे, लक्ष्मीनारायण जोशी श्रेष्ठ, लक्ष्मीप्रसाद पौड्याल, विष्णु पादुका, विष्णु विभु भट्टराई, विजय पौडेल, विपिन केसी, शङ्कर बस्नेत, शान्ति दीप, शान्तिराम भट्टराई, शाही सुरेन्द्र, शेखर अर्याल, शेखरकुमार श्रेष्ठ, शोभाकान्त रिजाल, समुद्र शर्मा, सरिता पराजुली, सविता खत्री, सविता भट्टराई, सावित्री गौतम, सीता शर्मा, सुजिता केसी, सुमन खनाल, सुविधा सिग्द्याल, सुरेश काफ्ले, सुरेशकुमार पाण्डे, हेम खड्कालगायतका सर्जकले साइनो सम्प्रेषण गरेका थिए ।

कार्यक्रमलाई सफल बनाउन छविलाल खड्काको निरुको ‘साइनो मानकको कसीमा हेर्दा’ समालोचना, बालकुमार क्षेत्रीबाट ४५ औँ साइनो शृङ्खलाअन्तर्गत वार्षिकोत्सव विशेष साइनो वाचन, विष्णु पादुकाको साइनोमा बिम्बको प्रयोग, पुष्कर रिजालको ‘साहित्यमा साइनो र यसका प्रमुख स्वरहरू’, शेखर अर्यालको ‘छायादत्त न्यौपाने बगरका केही साइनोलाई अध्ययन गर्दा’ र सुरेश काफ्लेको ‘नेपाली साहित्य साइनोको विधागत अध्ययन’ नामक समालोचनाहरू समेत प्रेषित गरिएका थिए । यस क्रममा बाजुरा जिल्लामा साइनो वाचन कार्यक्रम पनि सम्पन्न भएको थियो ।

यसका अतिरिक्त दिनको ठिक एक बजे साइनो सर्जकहरूले एक एकओटा साइनो प्रेषित गरेर साइनो सिर्जनामा ऐक्यबद्धता जनाएका थिए । त्यसैको निरन्तरतामा ठिक चार बजे साइनो वाङ्मय प्रतिष्ठान, साइनो संसार र साइनो सर्जकलगायत साइनो विधालाई गतिमान बनाउन निरन्तर क्रियाशील सर्जकहरूको उपस्थितिमा साइनो जुम कार्यक्रम सञ्चालन भएको थियो ।

साइनोका प्रणेता छायादत्त न्यौपानेको सभाध्यक्षमा सञ्चालन भएको  सो कार्यक्रममा नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका समालोचक रामप्रसाद ज्ञवाली, ताराकान्त पाण्डे, खेमलाल पोखरेल लगायतका स्रष्टाहरूको उपस्थिति थियो । त्यस कार्यक्रममा हरिप्रसाद चौलागाईँको ‘ब्रह्माण्ड साइनो’ सङ्ग्रह र ६७ जना साइनोकारका ७८९ ओटा साइनो सङ्गृहीत ‘साइनो सारथि’ विमोचन गरिएको थियो । त्यस कार्यक्रममा डा. ताराकान्त पाण्डेले साइनो लेखनलाई कविता मान्न सकिने आधार तयार पार्नुपर्ने कुरा व्यक्त गर्दै यसको लय र साइनोलाई त्रिपदीय संरचनालाई पूर्वीय चिन्तनअनुसार कसरी प्रमाणित गर्ने जस्ता विषयमा आफ्नो भनाइ राखेका थिए। त्यस्तै रामप्रसाद ज्ञवालीले सघन छलफलबाट साइनोलाई मानक रूपमा स्थापित गराउँदै जानुपर्ने कुरा व्यक्त गरेका थिए ।

यसप्रकार साइनोको जुम कार्यक्रममा साइनोका विषयमा गहन छलफल गरी यसलाई स्थापित गर्ने विषयमा कार्यक्रम केन्द्रित भएको थियो । हालसम्म साइनो विधामा निरञ्जना चन्दको निरुको साइनो, हरिप्रसाद चौलागाईँको ब्रह्माण्ड साइनो र ६७ साइनोकारका साइनो सारथि सङ्ग्रह प्रकाशित भएको छ ।

वि.सं.२०७७ साउन १७ शनिवार १६:५७ मा प्रकाशित

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...