काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको कार्यालयले स्नातक तहको परीक्षा कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । सोमबार एक सूचना सार्वजनिक गर्दै कार्यालयले चिकित्सा शास्त्र संस्थानअन्तर्गतको स्नातक तहका सबै परीक्षा अनिश्चितकालको लागि स्थगनको निर्णय गरेको हो ।
कार्यालयले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढ्दै गएको र प्राकृतिक प्रकोपको कारणले स्थलमार्ग सूचारु नभएको भन्दै परीक्षा स्थगनको निर्णय गरेको जनाएको छ । परीक्षा कार्यतालिका अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित हुने सूचनामा जनाइएको छ ।
यस्तो छ त्रिविद्वारा सार्वजनिक सूचना

वि.सं.२०७७ साउन १९ सोमवार १९:२१ मा प्रकाशित






























