back
CTIZAN AD

एनआरएनए जापानको क्षेत्रीय भेला

वि.सं.२०७७ साउन १९ सोमवार

660 

shares

३ अगष्ट, जापान । कोभिड –१९ अर्थात कोरोना त्रासका बाबजुुद पनि एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न भएको छ ।

जापानको नागोया शहरमा आयोजना गरेको उक्त सम्मेलनमा जापानभरका ९ क्षेत्रीय समितिका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि गरी झण्डै ७० जनाको सहभागिता थियो ।

कोरोनाको त्रासका कारण र जापानभर नै लकडाउन रहेकाले अघिल्लो पटक मिति तोकिएको भए पनि कार्यक्रम स्थगित गरेको थियो । यस पटकको सम्मेलन साउन १८ गते गर्ने भन्दा रोग केही नियन्त्रण भइसकेको तर मिति नजिकिँदै जाँदा भने केही अप्ठेरो परिस्थिति रहेको भए पनि सम्मेलन सम्पन्न गरेको एनआएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले जानकारी दिए ।

कार्यक्रममा राजनीतिक दलको प्रतिनिधिका रुपमा बाबुुराम भण्डारीले कोरोना रोगको प्रकोप अझै बढिरहेकाले सबै नेपाली भाषी समुदायलाई सहयोग पु¥याउनुपर्ने बताए ।

एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीको अध्यक्षता सम्पन सो समेलनमा एनआरएनए आइसिसी कोषाध्यक्ष महेश श्रेष्ठ, एनआरएनए एशिया प्यासिफिकका संयोजक गोविन्द श्रेष्ठ र सम्मेलनको संयोजक तथा एनआरएनए जापानका क्षेत्रीय उपाध्यक्ष दीपक केसीले सम्मेलनको विविध पक्षमाथि बोलेका थिए । एनआरएनए जापानमा हाल नौ वटा क्षेत्रीय समिति तथा एक तदर्थ समिति रहेको छ ।

वि.सं.२०७७ साउन १९ सोमवार १८:४५ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...