२० साउन, डिसी, अमेरिका । सामाजिक संजालमा आधारित इ-कमर्स कम्पनी, सगूनले धितोपत्र बोर्डलाई एक पत्र लेखी नेपालबाट लगानी जुटाउने आफ्नो कम्पनीको कुनै मनसाय नरहेको स्पष्ट पारेको छ।
धितोपत्र बोर्डले हालै एक सार्वजनिक सूचना प्रकाशित गरी ‘विदेशमा दर्ता भएको सगून इन्कोर्पोरेशन जस्ता कम्पनीले नेपाली लगानीकर्ताहरुलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निस्काशन जारी गरेको’ भन्ने भनाइमा कुनै सत्यता नरहेको धितोपत्र बोर्डलाई पठाएको पत्रमा भनिएको छ।
सगून नेपाल प्रालिद्वारा बोर्डलाई पठाइएको पत्रमा ‘नेपालको कानून अनुसार नेपालको धितोपत्र बजारबाट रकम जुटाएर विदेशमा लगेर लगानी गर्न प्रतिबन्ध लगाइएकाले सगूनले नेपालमा लगानीकर्ताहरुबाट रकम उठाउन चाहेको भन्ने भनाइ सरासर गलत छ। हाम्रो अहिले वा निकट भविष्यमा पनि त्यस्तो कुनै योजना छैन,’ उल्लेख गरिएको छ।
त्यसैले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा २७/१ तथा २९/१ आफ्नो कम्पनीको हकमा आकर्षित नहुने पनि सगूनले स्पष्ट पारेको छ।
‘संयुक्त राज्य अमेरिका, भारत तथा नेपालमा सम्बन्धित मुलुकका कानूनहरुको पूर्ण परिपालना गरी संचालनमा रहेको यो कम्पनीले नेपालको कानून उल्लङ्घन गर्ने भन्ने प्रश्नै आउँदैन । नेपालको धितोपत्र बजारबाट रकम जुटाएर विदेशमा लगानी गर्ने यस कम्पनीको कुनै मनसाय नरहेकोले नेपाल धितोपत्र बोर्डमा दर्ता नगरेको हो। त्यसैले धितोपत्र बोर्डमा दर्ता नभएको कम्पनीलाई लगानीकर्ताहरुलाई आकर्षित गर्न खोजेको आरोप लगाउनु तथा त्यो उद्देश्यले कुनै पनि सूचना तथा विज्ञापन प्रकाशनरप्रसारण नगर्नर नगराउन त्यस कार्यालयबाट जारी सूचना असान्दर्भिक रहेको समेत अनुरोध गर्न चाहन्छौं,’ कम्पनीले भनेको छ।
‘काठमाडौँमा हाम्रो आफ्नै कार्यालय रहेको तथा यस कम्पनीको गतिविधिबारे केहि बुझ्न आवश्यक भए हामीलाइ लिखित वा फोनबाट सम्पर्क गर्न सकिनेमा सार्वजनिक रुपमा सूचना प्रकाशित गर्ने कामले हाम्रा विदेशमा रहेका लगानीकर्ता तथा शुभचिन्तकहरुमा भ्रम उत्पन्न भएको छ । उक्त सूचनाले हाम्रो कम्पनीको सार्वजनिक छविमा पनि नराम्रो असर पर्न सक्ने हामीले ठानेका छौं। त्यसैले सार्वजनिक रुपमै उक्त सूचनालाई सच्याई दिन पनि हामीले धितोपत्र बोर्ड लाई अनुरोध गरेका छौं,’ संयुक्त राज्य अमेरिकास्थित सगून इन्कर्पोरेशनका एकजना संस्थापक कबिन सिटौलाले भने। उनले सत्य, तथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न मिडियाका सबै मित्रहरुलाई आग्रह पनि गरेका छन्।
SagoonInc.USA संयुक्त राज्य अमेरीकाको डेलावयर राज्यमा गैरआवासिय (प्रवासी) नेपालीहरुको सक्रियतामा स्थापना भई विश्वभर सामाजिक सञ्जालको रुपमा कार्यगर्दै आएको अमेरीकी कानून बमोजिम दर्ता भएको एक संस्था हो । सामाजिक सञ्जालको रुपमा फैलिएको यस SagoonInc.USA संयुक्त राज्य अमेरीकाको धितोपत्र तथा विनिमय आयोग(US Securities and Exchange commission, SEC) बाट शेयर सम्बन्धी कारोवार गर्न अनुमति प्राप्त गरी सर्वसाधारणका लागि कारोवार गर्दै आईरहेको छ।
यस्तो छ, सगूनले स्पष्ट पार्दै धितोपत्र बोर्डलाई पठाएको पत्र :

वि.सं.२०७७ साउन २० मंगलवार १२:५२ मा प्रकाशित






























