२५ साउन, काठमाडौँ । पूर्व राष्ट्रिय क्रिकेटर पवन दासलाई कोरोना संक्रमण पुष्टी भएको छ।
सामाजिक सञ्जालमार्फत उनले आफूलाई संक्रमण भएको बताएका हुन् । उनले फेसबुकमा कोरोना रिपोर्ट पोजेटिभ आएको बताउदै साउन १५ गते देखि आफ्नो सम्पर्कमा आउनेहरुलाई सुरक्षित रहन आग्रह गरेका छन्। उनले आफुलाई निको हुने विश्वास समेत व्यक्त गरेका छन्।
सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले विकेटनेपाललाई जानकारी दिए अनुसार दास सहित उनको बुवा र आमालाई समेत कोरोना संक्रमण देखिएको छ। दासको श्रीमती र छोरिको पनि पिसीआर परिक्षण गरिएको छ जसको रिपोर्ट आउन बाँकी रहेको छ।
दासले पछिल्लो संस्करणको सप्तरी प्रिमियर लिग खेलेका थिए भने यू १५ र यू १७ मा राष्ट्रिय टीमबाट खेलिसकेका छन्। राम्रो प्रदर्शन गरेका कारण दास २००२ यु- १५ एसिया कपको एसीसीले घोषणा गरेको ड्रिम टिममा समेत परेका थिए।
वि.सं.२०७७ साउन २५ आइतवार १२:३३ मा प्रकाशित


























