२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरु सहित ४५७ जनालाई मनोनित गरेका गरेका छन् । देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम मनोनित गरेका हुन् ।
पार्टीभित्र एकलौटी गरेको आरोप खेपिगरेका देउवाले ठुलो संख्यामा विभागहरुमा नियुक्ती गरेका हुन् । देउवाले नियुक्ति गरेको अधिकांश विभागमा पुरानै अनुहार पनि दोहोरिएका छन् ।
देउवाको मनोनयनमा संगठन विभाग प्रमुखमा गोपालमान श्रेष्ठ आएका छन् भने शिक्षा विभागको प्रमुखमा हरिप्रसाद नेपाल आएका छन् । देउवाले यातायात व्यवसायी समन्वय विभागको जिम्मा महेन्द्र यादवलाई दिएका छन् भने मुस्लिम विभागको प्रमुखमा फरमुल्लाह मन्सुर छन् ।
अन्यमा को–को छन् हेर्नुहोस् सूची
वि.सं.२०७७ साउन २६ सोमवार १२:०२ मा प्रकाशित






























