२६ साउन, विराटनगर । जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो । न्यायाधीशसहित अदालतका चार ४ जना कर्मचारीको पिसिआर प्रविधिबाट गरिएको परीक्षण मध्ये न्यायाधीशको रिपोट पोजेटिभ आएको हो।
उनीसँग क्यान्ट्याक्ट ट्रेसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।
अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि ३ दिनको लागि अदालत बन्द गरिएको छ ।
वि.सं.२०७७ साउन २६ सोमवार १३:०७ मा प्रकाशित






























