मानिसको जन्मपछी मृत्यु भनेको स्वाभाविक तथा प्राकृतिक नियम हो । पृथ्वीमा लाखौं मानिस जन्मिन्छन् भने त्यत्तिकै संख्यामा मृत्यु पनि हुन्छ यो सर्वस्वीकार्य छ ।
तर पनि कहिलेकाँही समाजमा देखापर्ने तथाआइपर्ने कतिपय मृत्युहरुले भने अत्यन्तै दुःखदायी, पिडादायी र आम मानिसमा केही न केही प्रश्न छोडेर जाने गरेका छन् ।
बिशेष गरि स्वाभाविक मृत्यु भनेको उमेर पुगेका मानिसको मृत्युलाई नै मानिन्छ । जसलाइ समाज र परिवारले केही दुःखको साथ स्वीकार गर्दछन् र गर्नैपनि पर्दछ । तर बिमारी, दुर्घटना, विभिन्न प्रकारका नशा, आपसी कलह तथा झगडाका कारण हुने घटनाले त्यसले निम्त्याउने मृत्युका पछाडी धेरै प्रश्नहरु उब्जन्छन् ।
अहिले हाम्रो नेपाली समाजमा अत्यधिक मदिरा सेवनबाट हुने लडाई, झगडाका कारण युवाहरुको मृत्यु हुने गरेको घटनाहरु बढ्दै गएका छन् । यी घटनाले परिवार, समाजलाई अत्यन्तै दुखित बनाएको छ । अहिलेका युवाहरु गाँजा, चरेस, तम्बाकु, मदिरापान अत्यधिक मात्रामा लिने गरेको पाईन्छ र यस्तो नशा गर्नेमा अशिक्षित मात्र नभएर शिशित युवाहरुको संख्या पनि बढ्दै गएको पाइएको छ ।
अशिशित युवाहरु यस्तो कुलतमा फस्दा हामी शिक्षाको कमि तथा शिक्षित युवाहरु सामाजिक बिचारधारा भन्दा बाहिर जानू, बेरोजगारी र कतिपय अभिभावकहरुको पृष्ठभुमिले गर्दा पनि यस्तो समस्या देखा परेको पाईन्छ । अन्य नशाहरु भन्दा मदिरापनको अत्यधिक सेवनका कारण युवाहरुले स-साना बिषयमा कलह तथा लडाइँ गर्ने र नशामै एक अर्काको ज्यान लिने प्रवृती बढेको छ भने मदिरापानको कारणनै धेरैको घरबार बिग्रने क्रम पनि बढिरहेको छ समाजमा । यो समस्या स्वदेशमा मात्र नभएर वैदेशिक रोजगारको लागि पलायन भएका युवाहरुको बिचमा पनि धेरै देखा परेका छन् ।
त्यस्तै कामको खोजीमा भारतमा आउने युवाहरुको लगभग मिल्दोजुल्दो भाषा, संस्कृतिले गर्दा यहाँका मानिसहरुसँग घुलमिल गर्न सजिलो हुने र असामाजिक तत्वहरुको संगत गरेर विभिन्न घटनाहरुमा नशाकै हालतमा गलत दिशातिर लागेका युवाहरु प्रशस्त देखा पर्दछन । कतिपय युवाहरु घरदेखि बोकेर हिँडेका तथा परिवारले दिएका जिम्मेवारीहरुलाई बिर्सिएर असामाजिक कार्यमा संलग्न हुने र आफ्नो तथा परिवारको भविष्य अन्धकारतिर धकेलेको घटनाहरु प्रशस्तै घटेका छन् ।
त्यसैले पनि हाम्रा सन्ततिलाई अहिलेको २१ औं शताब्दिमा संसारमा भएको प्रविधिको चरम विकाका कारण बढ्दै गएको प्रतिश्पर्धामा आफ्ना सन्ततिलाई खरो उतार्न तथा सफल बनाउन अब हामीले सभ्य समाज निर्माण गर्नै पर्दछ र यसमा पहिलो पुस्ता लाग्नै पर्दछ । त्यसकारण पनि हाम्रो उर्जाशील समय र जीवनलाई राम्रो काममा लगाएर प्रवासमा पनि संघर्षशील, मेहनती र उदाहरणीय नेपाली बनौ र नेपाली समाज निर्माण गरौं अहिलेलाई यत्ति अनुरोध गर्दछु ।
सन् १९७९ मा स्थापना भएको मुल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा कार्यरत नेपाली कामदारहरुमाथि हुने विभिन्न शोषण, दमन, मालिकद्दारा हुने अन्याय तथा अत्याचारको विरुद्धमा निरन्तर संघर्ष गर्दै नेपाली श्रमिकहरुको अभिभावक बनी कार्य गर्दै आएको छ भने असामाजिक तत्वहरुसँग मिलेर आफ्नै सहकर्मी साथीहरूलाई धम्काउने, पैसा असुल गर्ने कार्यको प्रशासनिक मद्दत लिएर पीडितलाई न्याय पुर्याउदै समेत आएको छ ।
तर पछिल्लोपटक यहाँको नेपाली समाजमा देखा परेका समस्याहरु अत्यन्तै जटिल बन्दै गएका छन् । यहाँ कार्यरत कतिपय युवाहरुमा अत्यधिक मदिारपानका कारण दैनिक परिवारमा झगडा र स-सानो कुरा तथा काममा पनि लापरबाहीको कारण ज्यान पनि गुमाउनु परेको अवस्था पनि अत्यन्तै दयनीय रहेको छ । परिवारिक कलहको कारण कतिपयका श्रीमती तथा बच्चाहरु दयनीय अवस्थामा रहेका छन भने कतिपयको घर टुटने समस्या निरन्तर बढिरहेको अवस्थामा सामाजिक कार्यकर्ताहरुलाई एउटा चुनौति नै देखा परेको छ । विभिन्न कार्यक्रमद्धारा यहाँस्थित नेपाली समुदायलाई जागुरुक, सचेत गराउदै आएता पनि पुर्णतया यसको समाधान निस्कन सकेको छैन\ निकाल्न सकिएको छैन । केही उदाहरणहरु बिगतका दिनहरुमा बढीमात्रामा देखिदै गएका छन् ।
भारतका विभिन्न क्षेत्रहरुमा जस्तै, मुल प्रवाह नगर समिती हिसारमा पनि यस्ता समस्याहरु दैनिकी देखा पर्न थालेका छन् । यहाँ पछिल्ला दुइमहिनामा मदिरापानकै कारण चार युवाहरुले कलकलाउँदो उमेरमा ज्यानै गुमाएका घटना घटेका छन् । यदी त्यी युवाहरुले मदिरा सेवन नगरेको भए परिवारमा पीडा र निकै कठिन समस्या अवश्य पनि आउने थिएन ।
यो पंक्तिकार नगरसमिती हिसारमा मुल प्रवाहको साधारण सदस्य लिएर जिम्मा अनुसारको कार्य गर्दै नेपाली समुदायको बिचमा समय बिताएको पनि झंडै २३ वर्ष बित्न लागेको छ । तर, सुरु–स्ुरुमा समस्याहरु यस्तै नै भएपनि साथीहरूलाई सम्झाउन अत्यन्तै सजिलो थियो र समाधान पनि सहज रुपमा गर्न सकिन्थ्यो । तर, अहिले कार्य गर्न अत्यन्तै अप्ठ्यारो र युवाहरुको जिद्दीपनले कतिपय बिषयहरु अप्ठ्यारो स्थितिमा पुगेको मैले अनुभव गरेको छु र प्रत्यक्ष भोगेको पनि छु ।
मदिरापान गर्नेमा अधिकांशरुपमा जनजाती समुदाय तथा दलित समुदायका युवाहरु पाएको छु । म सम्पुर्ण युवाहरुलाई हार्दिकताको साथ अपिल गर्न चाहन्छु कि, बाबूबाजेका समयमा हामिलाई ‘जातले दिएको हो जाड, रक्सी खानुपर्छ भन्ने’ संस्कारलाई अघि सारेपनि त्यसलाई संस्कारमा मात्र सिमिति राखौं । ‘जातले पाएको खानुपर्छ’ भन्ने सोचका कारण जथाभावि गरिएको मदिरा सेवनले यसले फाइदा भन्दा बढी बेफाइदा गरेको यो पंक्तिकारको ठम्याइ छ । यसले समाज रुपान्तरणका क्रममा बाधा पारेको तथा आफ्नै घर परिवार बिग्रदै गएको पाइएको छ । छोराछोरीको भविष्य सुखद भन्दा पनि दुःखद तथा अन्धकारतिर धकेलिएको छ । छोरा कमाएर आउँला श्रीमान कमाएर आउला भनेर आस गरेका परिवारहरुको सुखद सपना र कल्पना दुःख तथा निराशामा परिणत भएको हामीले धेरै सुन्दै र भोग्दै पनि आएका छौं ।
त्यसैले पनि हाम्रा सन्ततिलाई अहिलेको २१ औं शताब्दिमा संसारमा भएको प्रविधिको चरम विकाका कारण बढ्दै गएको प्रतिश्पर्धामा आफ्ना सन्ततिलाई खरो उतार्न तथा सफल बनाउन अब हामीले सभ्य समाज निर्माण गर्नै पर्दछ र यसमा पहिलो पुस्ता लाग्नै पर्दछ । त्यसकारण पनि हाम्रो उर्जाशील समय र जीवनलाई राम्रो काममा लगाएर प्रवासमा पनि संघर्षशील, मेहनती र उदाहरणीय नेपाली बनौ र नेपाली समाज निर्माण गरौं अहिलेलाई यत्ति अनुरोध गर्दछु ।
लेखक सोमारे, मुलप्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर कमिटीका सचिव हुन्
वि.सं.२०७७ साउन २६ सोमवार १३:०८ मा प्रकाशित






























