back
CTIZAN AD

चीनको बुहानमा कोरोना मुक्त बिरामीमा देखियो अनौठो समस्या, केहीलाई पुनः लगियो क्वारेन्टाईन

वि.सं.२०७७ साउन २६ सोमवार

858 

shares

काठमाडौं । कोरोना भाइरसको सुरुवाती केन्द्र चीनको बुहानमा फेरि कोरोना मुक्त बिरामीमा समस्या देखिएको छ । चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सले जनाएअनुसार कोरोना मुक्त ९० प्रतिशत बिरामीमा फोक्सोसँग सम्बन्धीत गम्भीर समस्या देखिएको हो ।

मिडिया रिपोर्टअनुसार कोरोना मुक्त बिरामीमा गरिएको परीक्षणमा अधिकांश व्यक्तिको फोक्सोमा गम्भीर खराब भएको पाइएको छ । स्वस्थ व्यक्तिको जसरी कोरोना मुक्त व्यक्तिको फोक्सोले काम नगर्ने समस्या देखिएको छ । साथै ५ प्रतिशत संक्रमण मुक्त बिरामीमा फेरी संक्रमण पनि देखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

फोक्सो खराब भएका व्यक्तिको उमेर कम

बुहान यूनिभर्सिटीको झोंगनन अस्पतालको आईसीयू यूनिट डाइरेक्टर पेंग झियोंगको युनिटले कोरोना मुक्त बिरामीको बारेमा अध्ययन गरेको थियो । युनिटले खण्ड–खण्डमा गरि बिरामीको अध्ययन गरेको थियो । झियोंगको युनिटले पहिलो चरणमा गरेको अध्ययनअनुसार अधिकांश कोरोना मुक्त व्यक्तिको खराब फोक्सो हुने समस्या भेटिएको थियो ।

खराब फोक्सो हुने व्यक्तिमा श्वासप्रश्वाससम्बन्धी अन्य समस्या पनि भेटिएको थियो उल्लेख छ । अध्ययन टिमले श्वास प्रश्वाससम्बन्धी समस्या भएका त्यस्ता व्यक्तिको औषत उमेर पनि ५९ भन्दा माथि नहुने निष्कर्ष निकालेको छ ।

कोरोना मुक्त १० प्रतिशत बिरामीमा रोग प्रतिरोधात्मक क्षमता नै विकास भएको भेटिएन । उनीहरुको शरिर सामान्य जुनसुकै रोगले ग्रस्त बनाउन सक्ने भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।

१० प्रतिशत बिरामीको रोगप्रतिरोधात्मक क्षमता नै विकास भएन

बेजिङ्ग यूनिभर्सिटी अफ चाइनीज मेडिसिनका डा. लियांग टेंगशियाओले बताएअनुसार कोरोना मुक्त भएका केहि प्रतिशत बिरामीलाई निरन्तर अक्सिन चाहिने समस्या देखिएको छ । ६५ वर्ष माथिका व्यक्तिमा अक्सिजनको निकै समस्या देखिएको छ ।

साथै कोरोना मुक्त १० प्रतिशत बिरामीमा रोग प्रतिरोधात्मक क्षमता नै विकास भएको भेटिएन । उनीहरुको शरिर सामान्य जुनसुकै रोगले ग्रस्त बनाउन सक्ने भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।

वि.सं.२०७७ साउन २६ सोमवार १३:१४ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...