back
CTIZAN AD

दिनदुःखीका लागि हेभेन्ली \निर्भाणा पाथ द्वारा एघार दिनसम्म खानापानी वितरण

वि.सं.२०७७ साउन २६ सोमवार

1.1K 

shares

२६ साउन, काठमाडौं । काठमाडौका विभिन्न स्थानहरुमा रहेका दिनदुःखी असहायहरुलाई हेभेन्ली पाथले खाना र पानी वितरण गरेको छ ।

हेभेन्ली/निर्माणा पाथ अमेरिकाका अध्यक्ष सुकु रुम्दाली र महासचिव हर्क चाम्लिङको संयोजनमा विभिन्न राज्यहरुबाट सहयोग संकलन गरि १० औं दिनसम्म खाना र पानी बितरण गरिएको छ भने हेभेन्ली पाथ हङकङका उपाध्यक्ष एमडि गाया राई (टेर्नम) बाट एकदिन गरी एघारदिनसम्म खाना र पानी वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।

संस्थाले काठमाडौका पशुपति क्षेत्र, बालाजु, जे. पि. रोड, ठमेल, रत्नपार्क, सोह्रखुट्टेका स्थानहरुमा वरिष्ठ समाजसेवी तथा पिए नेपालकी अध्यक्ष इन्दिरा राना मगरको सहकार्यमा नेपालबाट हेभेन्ली पाथ नेपालका सम्पर्क सचिव मनु (स्काई) ले संयोजन गरेका थिए । यस कार्यका लागि ११ औ दिनसम्म एच. पि. नेपालका केन्द्रिय कोषाध्यक्ष सन्तोष राई होली ,गायक सुबि राई,एच. पि. नेपालका केन्द्रिय सदस्य – कादम्बिनी चाम्लिङ ,हेभेन्ली पाथ नेपाल जिल्ला शाखा काठमाडौ – उपाध्यक्ष शोभा राई र हरि कला राई, एच. पि.नेपाल जिल्ला शाखा ललितपुरका सल्लाहकार -चन्द्र देवान , एच.पी नारी नेपाल जिल्ला शाखा काठमांडौको सह सचिव कृष्ण राई , एच. पि. युवा नेपाल जिल्ला शाखा काठमाडौ अध्यक्ष- प्रेरणा वाम्वुले राई,एच.पि. युवा नेपाल ललितपुरका – अध्यक्ष – कविराज राई,इयाङ्सेन प्रमुख का जीना राई, सहदेव श्रेष्ठ,त्रिसला राई,सम्राट राई,प्रनेस राई, लगायतले स्वयंसेवकको रुपमा काम गरेका थिए । साथै खानाको व्यवस्थापन होटल चप्लेटीबाट होटलका ब्यवस्थापक आनन्द राईले गरेका थिए ।अमेरिकाका विभिन्न राज्यमा भएका संस्थाका यात्रीहरुसँग सहकार्य, सहमति र एक भएर कार्यक्रम सफल पार्नमा सेमिङ गुरु अमेरिकाले विशेष भूमिका निभाएका थिए ।

अमेरिकाबाटै संचारसंयोजक सुम्नु देवी राईले कार्यक्रम सफल बनाउनका लागि देश विदेशमा छरिएर बसेका यात्रीहरुबीच समन्वयको भूमिका निभाएकी थिइन् । विपत्तिमा परेकाहरुलाई अझै केही समय खाना खुवाउने अभियान जारी रहँदा रहँदै पनि नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले हालका लागि अभियान बन्द गरिएको पनि संस्थाले जानकारी दिएको छ । संस्थाले आवस्यक परेमा संसारभरीका यात्रीहरुको सहयोग जुटाएर निकट भविष्यमै फेरि खाना खुवाउने अभियान सुरु गर्ने जानकारी हेभेन्ली निर्भाना पाथ हङकङका उपाध्यक्ष( टेर्नम ) गाया राई एमडिले जानकारी दिएका छन् ।

 

वि.सं.२०७७ साउन २६ सोमवार २०:१४ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...