back
CTIZAN AD

जन्म र मृत्युको अवसरमा २० किलो चामल अनुदान

वि.सं.२०७७ भदौ ८ सोमवार

1.3K 

shares

८ भदौ,कर्णाली । साविकको कर्णाली अञ्चलका पाँचवटा जिल्लाका स्थानीय वासिन्दालाई सरकारले जन्म र मृत्युको अवसरमा दिने २० किलो चामल हुम्लामा समेत प्रभावकारी बन्दै गएको छ । हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले निकै ठूलो राहतको महशूस हुने गरेको छ ।

गत आर्थिक वर्षको साउनसम्म जन्मको अवसरमा जिल्लाका सातवटै स्थानीय तह र ४४ वटै वडाबाट ५६० जनालाई ११४ क्विन्टल चामल वितरण गरेको नेपाल खाद्य संस्थान, हुम्ला शाखाका प्रमुख रामबहादुर विष्टले जानकारी दिए।

“आर्थिक वर्ष २०७६/७७ मा हामीले मृत्यु भएको अवसरमा प्रदान गरिने चामल १६५ लाई २० केजीका दरले ३१ क्विन्टल २० किलो चामल वितरण गरेका छौं,” शााखा प्रमुख विष्टले भने, “यो कार्यक्रमप्रति हरेक वर्ष स्थानीयको आकर्षण बढ्दै गएको छ ।”

खाद्य संस्थान शाखाका अनुसार सिमकोट शाखा कार्यालयबाट जन्मका अवसरमा ३२०, श्रीनगर डिपोबाट १३८ र सर्केगाड डिपोबाट ११२ जना गरेर ५६० जनालाई रु सात लाख २० हजार ५२० को चामल निःशुल्क वितरण गरीएको छ । उक्त चामल ढुवानीका लागि एक लाख ३३ हजार ५ सय रकम दिएको शाखा प्रमुख विष्टले जानकारी दिए।

यस्तै मृत्युको अवसरमा प्रदान गरिने चामलमध्ये सिमकोट शाखाबाट १३३, श्रीनगरबाट एक र सर्केगाडबाट २२ जना गरेर रु दुई लाख ५ हजार ७६० मूल्यको १५६ जनालाई ३१ क्विन्टल चामल र ६३ हजार ५०० ढुवानी रकम प्रदान गरिएको छ ।

सरकारले निर्णय गरेको यो सुविधा लिनका लागि नेपाल खाद्य संस्थान हुम्लाले ३५ दिनको अवधि राखेर जन्मको हकमा बच्चा अस्पतालमा जन्मेको प्रतिवेदन तथा बच्चाको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडा पालिकाको सिफारिस र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडा पालिकाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपिका आधारमा चामल र ढुवानी रकम प्रदान गर्दै आएको छ ।

कार्यक्रमअन्तर्गत सिमकोट आसपासका गाउँका स्थानीय वासिन्दालाई रु ५०० दिएको छ भने अन्य टाढाका गाउँका वासिन्दालाई एक हजार रकम भुक्तानी गर्दै आएको शाखा प्रमुख विष्टले बताए। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको समयमा कर्णाली अञ्चलका हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पाका स्थानीय वासिन्दालाई जन्म र मृत्युमा आवश्यक प्रक्रिया पु¥याएर २० किलो चामल दिने कार्यक्रम ल्याइएको थियो ।

वि.सं.२०७७ भदौ ८ सोमवार १२:३९ मा प्रकाशित

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...