back
CTIZAN AD

पौडेल दम्पत्तीद्धारा कुश्मामा दुई करोडको लगानीमा कालिज फार्म सञ्चालन

वि.सं.२०७७ भदौ ८ सोमवार

1K 

shares

पहिले जङ्गलमा मात्र पाइने ‘कालिज’ प्रजातिको पंक्षी अहिले धेरैका भान्सामा सहजै स्वादिलो परिकारका रुपमा पाइन्छ । यसको स्वादको पारखी बढ्न थालेपछि कुस्माका एक व्यवसायीले झण्डै दुई करोड लगानी गरेर ‘रिङ्ग नेक’ जातको कालिज फार्म सञ्चालनमा ल्याएका छन् ।

व्यवसायी मनोज पौडेल र चन्द्रा पौडेल क्षेत्रीले कुस्मा नगरपालिका -८ ओडारेमा ‘एमसी वाइल्ड लाइफ, एग्रो एण्ड रिर्सच सेन्टर’ले व्यवसायिक रुपमा कालिज सहित कडकनाथ र स्थानिय जातका कुखुरा पालन गर्न शुरुआत गरेका हुन ।

जङ्गलमा पाइने चिर कालिज नेपालमा संरक्षित पंक्षी भएकाले मार्न प्रतिबन्ध छ । अहिले विभिन्न प्रजातिका कालिज व्यवसायिक रुपमा पाल्न थालेपछि हरेकका भान्साको रोजाई बन्दै गएको छ । पौडेल दम्पतीले कालिजको माग बढेपछि गण्डकी प्रदेशको पर्यटकीय हवका रुपमा रहेका पोखरा र साविकको धौलागिरी अञ्चालका पर्वत, बागलुङ्ग, म्याग्दी र मुस्ताङ्गका ग्राहकलाई लक्षित गरि मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ्ग खण्डमा फर्म सञ्चालनमा ल्याएका हुन् ।

कोरोनाको कहरका बीचमा पनि कालिज, स्थानीय कुखुरा कडकनाथ, लौकाट, टर्कीको माग अत्याधिक भएको सञ्चालक मनोजले बताए । “पछिल्ला दिनमा कालिज र कडकनाथ जस्ता पंक्षीको माग अत्याधिक छ ”, उनले भने,“‘लकडाउनमा पनि माग अनुसार पु¥याउन कठिन भएको छ । ”

उनका अनुसार फार्ममा गत बर्ष १ सय ५० कालिजका चल्ला तथा स्थानीय कुखुरा, कडकनाथ, लौकाट, टर्की गरि एक हजार चल्लाबाट शुरुआत गरिएको थियो ।

राजमार्ग नजिक र धौलागिरी अञ्चलको प्रवेशबिन्दु भएका कारण पनि बजारको समस्या नभएपछि यस बर्ष फर्म विस्तार भएको छ । यस बर्ष ८ सय भन्दा बढी कालिज पालिएको छ भने ४ हजार भन्दा बढी अन्य प्रजातिका कुखुरा पालिएको छ ।

यी सबैले अण्डा दिएपछि यस बर्ष मात्रै पाँच हजार कालिज र १५ हजार भन्दा बढी अन्य जातिका चल्ला बिक्री गर्ने योजना उनको छ । आफैले ह्याचरी मेसिन समेत राखेर चल्ला उत्पादन गरि बिक्री पनि गर्दै आएका छन् । “यो वर्ष माग आउने हो भने सबै गरि ५० हजार सम्म चल्ला उत्पादन गर्न सक्छौ । ”

कुस्माबजारमा हार्डवोयर व्यवसाय गर्दै आएको ती दम्पतीले हार्डवोयरसंगै कृषिमा पनि हात हालेको हो । अहिले सम्म कुनै सरकारी अनुदान समेत र्फमले लिएको छैन । कृषिका फर्म सञ्चालन गर्ने भनेपछि पहिले सरकारी मुख ताक्ने प्रबृत्ति बढेको बेला आफ्नै पाखुराका भरमा व्यवसाय सञ्चालन गर्ने अठोट ती दम्पतीको छ । “सरकारले अनुदान देला भनेर ब्यबसाय शुरु गरिएको होइन”सञ्चालक चन्द्रा क्षेत्रीले भनिन्“सरकारले अनुदान दियो भने अझै ब्यबसायलाई बढाउन सहयोग पुग्छ ।”

फर्ममा उत्पादित कालिज, कुखुराहरु पोखरादेखि मुस्ताङ्गसम्म पुगेका छन् । फर्म अगाडी होटल र फ्रेस हाउस समेत सञ्चालन भएकाले जिउँदो किन्नेदेखि मासु लैजाने सुविधा पनि छ । स्वादिष्ट रुपमा खानका लागि पनि रिसिका होटल समेत सञ्चालनमा छ । फर्ममा उत्पादित कालिज , कडकनाथ, लौकाट, स्थानीय कुखुरा र मोदीको असला माछा समेतका परिकार होटलमा पनि उपलब्ध गराउन थालिएको छ ।रासस

file -photo

वि.सं.२०७७ भदौ ८ सोमवार १२:२५ मा प्रकाशित

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...