back
CTIZAN AD

उमा भुजेलको गिरफ्तारीप्रति विरोध गर्दै सत्तारुढ नेकपाकी सांसद सुवेदीले भनिन् ‘के न्याय सकिएकै हो त?’

वि.सं.२०७७ भदौ ८ सोमवार

972 

shares

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी पोलिटब्यूरो सदस्य उमा भुजेलको गिरफ्तारीप्रति सत्तारुढ नेकपाकै नेतृ यशोदा सुवेदीले विरोध जनाएकी छिन् । भुजेलको पटक–पटकको गिरफ्तारीप्रति सामाजिक सञ्जालमार्फत ‘यो त अति भयो !’ भन्दै उनले विरोध जनाएकी हुन् ।

सत्तारुढ नेकपाकी सांसदसमेत रहेकी सुवेदीले ‘विधिको शासन सकिएकै हो त ?’ भनि प्रश्न गरेकी छिन् । ‘यो त अति भयो १ खै काहाँ छ मानव अधिकार ? खै काहाँ छ लोकतन्त्त ? विधिको शासन सकिएकै हो त ?’ उनले भनेकी छिन् ।

याे त अति भयाे ! खै काहाँ छ मानव अधिकार ? खै काहाँ छ लाेकतन्त्र ? विधिकाे शासन सकिएकै हाे त ?

Posted by Yashoda Subedi on Saturday, August 22, 2020

गत भदौ ४ मा अदालतको आदेशअनुसार रिहा भएकी भुजेललाई रिहा लगत्तै प्रहरीले पक्राउ गरेको थियो । उनलाई हाल प्रहरीसँग अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाइएको छ ।

गत ९ महिना अगाडि सुनसरीबाट पक्राउ परेकी भुजेललाई थुनामा राख्न प्रहरीले विभिन्न ११ जिल्लाबाट विभिन्न शीर्षकमा मुद्दा लगाईसकेको छ । एउटा जिल्लाबाट पक्राउ गर्ने र अर्को जिल्लाको मुद्दा देखाएर पक्राउ गर्ने गरिएपछि विरोध सुरु भएको हो ।

वि.सं.२०७७ भदौ ८ सोमवार १२:४२ मा प्रकाशित

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किएसँगै...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...