back
CTIZAN AD

पर्वतको विहादीमा बन्ने भयो सुविधा सम्पन्न अस्पताल

वि.सं.२०७७ भदौ ८ सोमवार

1.3K 

shares

८ भदौ, पर्वत । बिहादी गाउँपालिका वडा नं. २ बर्राचौरमा १५ श्ययाको सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । अहिलेसम्म सदरमुकाम कुश्माबजारमा मात्र यस किसिमको अस्पताल रहेको थियो ।

बिहादी– २ का वडाध्यक्ष ओमप्रकाश कुँवरले रु.१९ करोड लगानीमा अस्पताल निर्माणको प्रक्रिया शुरुआत भएको जानकारी दिए । यसका लागि बोलपत्र आव्हान गर्ने प्रक्रियामा रहेको छ । सुविधासम्पन्न अस्पताल नहुँदा दक्षिण पर्वतबासी सामान्य उपचारका लागि पनि पाल्पा, पोखरा तथा बुटवल लगायतक ठाउँमा जान बाध्य थिए । उहाँले अस्पतालमा सबै सेवा रहने जानकारी दिनुभयो । उक्त क्षेत्र अहिलेपनि स्वास्थ्य चौकिको भरमा रहेको छ ।

अस्पताल बनाउनका लागि स्थानीय आठ जनाले निःशुल्क जग्गा दान गरेका छन् । उनीहरुमा डोलेन्द्र गिरी, भुपेन्द्रनाथ पौड्याल, इन्द्रकला पौड्याल, शुसिला गिरी, होमनाथ गिरी, राम गिरी, कृष्ण गिरी र खगेश्वर भट्टराईले रहेका छन् ।

सामाजिक सेवा गर्नु ठूलो कुरा भएको र आत्मसन्तुष्टिका लागि जग्गा दिएको जग्गा दाता डोलेन्द्रले बताए । उनले ४० लाख रुपैयाँ मुल्य बराबरको पाँच रोपनी जग्गा दान दिएका थिए ।

बर्राचौर स्वास्थ्य चौकिका प्रमुख भुपेन्द्रनाथ पौडेलले ग्रामीण ठाँउमा १५ श्ययाको विशेषज्ञ सेवा सहितको अस्पताल बन्नु खुशिको कुरा भएको जनाउँदै बिरामी पाल्पा र पोखरा लगायतका ठाउँमा धाउनु पर्ने बाध्यता अन्त्य हुने बताए ।

अस्पताल निर्माणपछि बिहादी र पैँयू गाउँपालिका सहित फलेवास नगरपालिकाका स्थानीय लाभान्वित हुनेछन् । साथै छिमेकी जिल्ला बाग्लुङको जैमिनी नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयले समेत लाभ लिने जनाइएको छ ।

बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालले विकट गाउँमा सुविधासम्पन्न अस्पताल निर्माण हुनु गौरवको कुरा भएको जनाए । सामान्य शल्यक्रिया तथा सुत्केरी हुन पनि पाल्पा, बुटवल, पोखरा जानुपर्ने बाध्यताको अन्त्य हुने उनले विश्वास व्यक्त गरे ।

“मानिसहरु स्वास्थ्य सेवाको अभावकै कारण बसाइसराइ गर्ने क्रम बढ्दो छ । अस्पताल बनेपछि यो क्रम केही रोकिनेछ” उनले भने, ‘दुईवर्षभित्र अस्पतालको निर्माण पुरा गर्न गाउँपालिकाले सहजीकरण गर्ने छ ।’

वि.सं.२०७७ भदौ ८ सोमवार १२:४२ मा प्रकाशित

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...