back
CTIZAN AD

अलपत्र अवस्थामा रहेको क्याम्पसको काम सञ्चालन हुने

वि.सं.२०७३ पुस १८ सोमवार

1.2K 

shares

 १८ पुुुस,लिबाङ (रोल्पा) । जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाको निर्माणाधीन अवस्थामा अलपत्र छोडिएको भवनको सम्पूर्ण आन्तरिक तथा बाह्य काम आगामी फागुन मसान्तसम्म सम्पन्न गरिसक्ने आइतबार जिविस रोल्पामा सम्पन्न सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।

स्थानीय विकास अधिकारी सुशील वैद्यको अध्यक्षतामा सम्पन्न बैठकले सो कुराको निर्णय गरेको हो ।

जलजला बहुमुखी क्याम्पसको आफ्नो स्वामित्वमा कुनै भवन नभएको अवस्थामा २०६७ साल भदौ ५ गते भारतीय राजदूतावासको आर्थिक सहयोग तथा जिल्ला विकास समितिको प्राविधिक सहयोगमा भवन निर्माणका लागि निर्माण कम्पनी दिवा निर्माण÷ड्रागन विल्डर्स जेभी ललितपुर काडमाडौँसँग त्रिपक्षीय सम्झौता भएको थियो ।

यसरी सम्झौता भएको मितिले १८ महिनामा भवन निर्माणलगायतका सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने भए पनि काम सम्पन्न हुन नसकेपछि जिविस रोल्पाद्वारा करिब छ महिना म्याद थप गरिएकोमा हालसम्म पनि क्याम्पस भवन हस्तान्तरण हुन सकेको छैन ।

जिविस रोल्पाका अनुसार रु चार करोड ४४ लाख ९३ हजार ७९ पैसाको लागतका लागि सम्झौता भएकोमा निर्माण कम्पनीले काम सम्पन्न गरेको चार वटा रनिङ बिलको आधारमा रु तीन करोड २९ लाख ५३ हजार ३५९ भुक्तानी लिइसकेको छ करिब रु एक करोड १५ लाख ३९ हजार ७२० बराबरको कम सम्पन्न हुन नसकेको अवस्थामा सर्वपक्षीय बैठक बसी काम सम्पन्न गर्नका लागि निर्णय गरेको हो ।

निर्माण व्यवसायीको ढिलासुस्ती र लापर्बाहीका कारण निर्धारित समयमा काम सम्पन्न हुन नसकेको जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाका प्राचार्य कृष्ण प्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार यसरी अलपत्र अवस्थामा रहेको भवनमा केही वर्ष पहिलेदेखि विद्यार्थीको दबाबका कारण कक्षा सञ्चालन हुँदै आएको छ । रासस

वि.सं.२०७३ पुस १८ सोमवार ०५:३७ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...