back
CTIZAN AD

हेल्प नेपाली मिशनको अध्यक्षमा पुःन कवि कार्की निर्वाचित

वि.सं.२०७३ पुस १८ सोमवार

1.1K 

shares

mission-news-photo

दिल्ली भारत । हेल्प नेपाली मिशनको चौथो साधारण सभाको घोषणा सभाले पुःन कवि कार्कीलाई निर्विंरोध निर्वाचित गरेको छ । । शनिवार भारतको राजधानी नई दिल्लीमा सम्पन्न साधारण सभाबाट उपाध्यक्षमा रुद्र बहादुर थापा, सचिवमा महेन्द्र के.सी, कोषाध्यक्षमा राशन कुमार, सहकोषाध्यक्षमा जमुना पुन कपुर, सदस्यहरुमा क्रमशः राजन धामी, भीम थापा, रामकृष्ण खड्का, विवि थापा, मिरा ढुंगाना, राजेन्द्र क्षेत्री (स्पेन), सोम थापा (बेलायत तथा थाईल्याण्ड), मणि कुमार शुब्बा (अफगानिस्तान) रहेका छन् । संस्थाका सल्लाहकारहरुमा लोककृष्ण भटृराई र महेश कोर्मोचालाई मनोनित गरिएको छ । संस्थाको विधान अनुसार हाल १३ जना निर्विरोध निर्वाचित भएका छन् भने अन्य सदस्यहरुलाई भारतका अन्य राज्य लगायत विभिन्न स्थानहरुबाट प्रतिनिधीत्व हुने गरी कार्यसमितिको बैठकले मनोनित गर्नेछ ।
संस्थाका अध्यक्ष कवि कार्कीले आफ्नो संस्थाले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण सहित संस्थाको उद्धेश्य बारे प्रकाश पार्नु भएको थियो भने संगठानिक प्रतिवेदन सचिव महेन्द्र के.सी.ले र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष रोशन कुमारले प्रस्तृत गर्नु भएको थियो । प्रस्तत प्रतिवेदन माथि बृहत छलफल गरि सर्वसम्मतले पारित गरिएको थियो । कार्यक्रममा अतिथीहरु  दार्जिलिङ गोर्खा पर्वतीय परिषदका पुर्व पार्षद प्रकाश दाहाल, गोर्खा ईन्भेष्टमेन्ट प्रालि मकाऊ का अध्यक्ष ईन्द्र अधिकारी, वल्र्ड गोर्खा फाउण्डेशनका संस्थापक विराज शर्मा, समेतले साधारण सभाको सफलताको कामना गर्दै नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई बधाई ज्ञापन गर्नु भएको थियो । संस्थाका अध्यक्ष कवि कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव महेन्द्र के.सी.ले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका साधारण सदस्य लगायत विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारी सदस्यहरु सहित प्रवासमा रहेका नेपालीहरुको उपस्थिती रहेको थियो ।

वि.सं.२०७३ पुस १८ सोमवार ०५:५४ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...