back

हेल्प नेपाली मिशनको अध्यक्षमा पुःन कवि कार्की निर्वाचित

वि.सं.२०७३ पुस १८ सोमवार

705 

shares
GLOBAL IME AD
NTC AD

mission-news-photo

दिल्ली भारत । हेल्प नेपाली मिशनको चौथो साधारण सभाको घोषणा सभाले पुःन कवि कार्कीलाई निर्विंरोध निर्वाचित गरेको छ । । शनिवार भारतको राजधानी नई दिल्लीमा सम्पन्न साधारण सभाबाट उपाध्यक्षमा रुद्र बहादुर थापा, सचिवमा महेन्द्र के.सी, कोषाध्यक्षमा राशन कुमार, सहकोषाध्यक्षमा जमुना पुन कपुर, सदस्यहरुमा क्रमशः राजन धामी, भीम थापा, रामकृष्ण खड्का, विवि थापा, मिरा ढुंगाना, राजेन्द्र क्षेत्री (स्पेन), सोम थापा (बेलायत तथा थाईल्याण्ड), मणि कुमार शुब्बा (अफगानिस्तान) रहेका छन् । संस्थाका सल्लाहकारहरुमा लोककृष्ण भटृराई र महेश कोर्मोचालाई मनोनित गरिएको छ । संस्थाको विधान अनुसार हाल १३ जना निर्विरोध निर्वाचित भएका छन् भने अन्य सदस्यहरुलाई भारतका अन्य राज्य लगायत विभिन्न स्थानहरुबाट प्रतिनिधीत्व हुने गरी कार्यसमितिको बैठकले मनोनित गर्नेछ ।
संस्थाका अध्यक्ष कवि कार्कीले आफ्नो संस्थाले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण सहित संस्थाको उद्धेश्य बारे प्रकाश पार्नु भएको थियो भने संगठानिक प्रतिवेदन सचिव महेन्द्र के.सी.ले र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष रोशन कुमारले प्रस्तृत गर्नु भएको थियो । प्रस्तत प्रतिवेदन माथि बृहत छलफल गरि सर्वसम्मतले पारित गरिएको थियो । कार्यक्रममा अतिथीहरु  दार्जिलिङ गोर्खा पर्वतीय परिषदका पुर्व पार्षद प्रकाश दाहाल, गोर्खा ईन्भेष्टमेन्ट प्रालि मकाऊ का अध्यक्ष ईन्द्र अधिकारी, वल्र्ड गोर्खा फाउण्डेशनका संस्थापक विराज शर्मा, समेतले साधारण सभाको सफलताको कामना गर्दै नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई बधाई ज्ञापन गर्नु भएको थियो । संस्थाका अध्यक्ष कवि कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव महेन्द्र के.सी.ले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका साधारण सदस्य लगायत विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारी सदस्यहरु सहित प्रवासमा रहेका नेपालीहरुको उपस्थिती रहेको थियो ।

वि.सं.२०७३ पुस १८ सोमवार ०५:५४ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिभिरेलाई विशेष सम्मान प्राप्त...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...