back
CTIZAN AD

अर्बपति बिनोद चौधरीद्धारा पशुपति बुद्ध मन्दिरलाई ठुलो बुद्धको मुर्ति दिने घोषणा

वि.सं.२०७३ पुस १८ सोमवार

1.1K 

shares

binod-buddhaविजय थापा ,वाशिंगटन डीसी । अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित पशुपति बुद्ध मन्दिरलाई नेपालका एक मात्र अर्बपति तथा उद्योगपति बिनोद चौधरीले ठुलो बुद्धको प्रतिमा दिने भएका छन् ।

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी) का सभापति खिलेन्द्र न्यौपाने ले एक सार्बजनिक सूचना दिदै उक्त जानकारी दिएका छन् । नयाँ बर्ष २०१७ को शुभ अवसरमा अर्बपति चौधरीले करिब ८ फिट लामो तथा ८ सय पाउण्ड बराबरको मुर्ति नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रलाई दिने निर्णय गरेको बताईएको छ । उक्त बुद्धको मुर्ति ३ महिना भित्र बनी सक्ने छ भने बुद्ध जयन्तिको अवसरमा पशुपति बुद्ध मन्दिरले बौद्ध भेलाको आयोजना गर्ने छ । उक्त भेलाको लागि नेपाल बाट वरिष्ठ रिम्पोचे (बौद्ध गुरु ) मगाउने एनईसीसीको बैठकले निर्णय गरेको सभापति न्यौपानेले बताए ।

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रमा रहेको करीब ७६ रोपनी जग्गामा लुम्बिनी बगैचाको निर्माण गरिने र उक्त मुर्ति उद्यान बीचमा राखिने योजना समेत रहेको छ । यो अद्वितीय कार्यको पहल मेरिल्याण्ड तथा पेन्सिल्भानियाका लागि नेपाल सरकारका महाबाणिज्य दूत प्रेम राजा महतले गरेका हुन् । एनईसीसीका सभापति न्यौपानेले एक पटक महतलाई सबै समुदाय तथा आफ्नो तर्फ बाट बिशेष कृतज्ञता ज्ञापन गरेका छन । यो ऐतिहासिक कार्य भएकोले सबैले महा बाणिज्य दुतलाई धन्यवाद दिनु पर्ने कुरा उल्लेख गरेका छन् ।

उद्योगपति चौधरीले मुर्ति बनाउन भारतमा समेत आदेश गरि सकेको न्यौपानेले जानकारी दिएका छन् । एनईसिसि द्वारा प्रकाशित सार्बजनिक सूचना अनुसार सन् २०१६ मा एनईसीसीले आयोजना गरेको देउसी भैलोमा नेपालका ख्याती प्राप्त कलाकार महजोडीले साथ दिदा करिब ४४ हजार डलर संकलन भएको थियो ।

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र लाई पर्यटकीय स्थल बनाउने समेत लक्ष्य रहेको छ । गत बर्ष पशुपति बुद्ध मन्दिरमा लगाइएको एकाह पुराणमा उपप्रधानमन्त्री कमल थापा तथा सांसद शसांक कोइराला समेतको सहभागिता रहेको थियो भने सन् २०१६ मा मात्र ६ पटक लाख बत्ति बाल्ने कार्यक्रम रहेको थियो ।

लुम्बिनी बगैचा बनाउने जिम्मेबारी परम्परागत बौद्ध धर्म संघ तथा समाज सेवी राम मालाकारको अगुवाईमा हुने भएको छ भने त्यसको संरक्षण तथा सम्बर्धन पनि बौद्ध धर्म संघले गर्ने भएको छ ।

आर्थिक रुपमा न्यौपानेकोे नेतृत्वले पशुपति बुद्ध मन्दिरलाई अत्यन्तै सवल तुल्याएको जानकारी गराउदै करिब १ लाख जति मर्मत सम्भार तथा अन्य कार्य गरेता पनि अझ एनईसीसीको खातामा ६१ हजार डलर मौज्दात रहेको बताए ।

वि.सं.२०७३ पुस १८ सोमवार ०६:०६ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...