back
CTIZAN AD

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

वि.सं.२०८३ साउन ७ बिहीवार

1.2K 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गतको एनआरएनए मेडिहेल्थ सेन्टर समितिको पहलमा स्थापना गरिएको एन.आर.एन.ए..मेडिहेल्थ सेन्टर नेपाल सरकारको कम्पनी रजिष्ट्रार कार्यालयमा आधिकारिक रूपमा दर्ता भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रार कार्यालयले दर्ता नं. ३९६८७८र८३र८४ अन्तर्गत कम्पनी ऐन, २०६३ को दफा ५९१० बमोजिम २०८३ साउन ६ गते ९२२ जुलाई २०२६० मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता प्रमाणपत्र जारी गरेको हो।

माधव मरासिनीको अग्रसरतामा अघि बढाइएको “NRNA MediHealth Center – Mission Hospital Revival Project” अन्तर्गत नेपालमा करिब २५ वर्षदेखि बन्द रहेको ऐतिहासिक अस्पताललाई पुनः सञ्चालनमा ल्याउने अभियानले यससँगै कानुनी मान्यता प्राप्त गरेको छ।

अभियानका अनुसार यो केवल एउटा अस्पताल पुनः सञ्चालन गर्ने परियोजना मात्र नभई विगतमा अमेरिकी सेवाभावी नागरिकहरूले नेपालको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारका लागि गरेको योगदानलाई सम्मान गर्दै सेवा, करुणा र मानवताको ऐतिहासिक विरासतलाई पुनर्जीवित गर्ने प्रयास हो।

अभियानका संयोजक माधव मरासिनीले कम्पनी दर्तालाई अभियानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै अब  गण्डकी प्रदेशको पर्वत र बागलुङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने  थी ऐतिहासिक अस्पताललाई पुनः सञ्चालनमा ल्याई ग्रामीण नेपालका नागरिकलाई गुणस्तरीय, सहज र दिगो स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा काम अघि बढाइने बताएका छन्।

उनले संस्थागत रूपमा अघि सारिएको यस सामाजिक तथा मानवीय परियोजनाले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् र एनआरएनए एनसीसी अमेरिकाबाट आवश्यक सहयोग र समर्थन पाउनुपर्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार यस्ता साझा सामाजिक परियोजनालाई संस्थागत प्राथमिकता नदिई केवल पद, शक्ति वा राजनीतिक स्वार्थलाई केन्द्रमा राख्ने प्रवृत्तिले संस्थाको वास्तविक एकता र प्रभावकारितामा प्रश्न उठाउनेछ।

मरासिनीले साझा उद्देश्य, पारदर्शिता, सहकार्य र समुदायप्रतिको उत्तरदायित्वलाई संस्थाको बलियो आधार भएको उल्लेख गर्दै ‘संस्थागत हितभन्दा माथि व्यक्तिगत स्वार्थ राख्ने प्रवृत्ति कायम रहेसम्म वास्तविक एकता सम्भव हुँदैन। इतिहासले यसको मूल्यांकन अवश्य गर्नेछ।’ भन्ने धारणा सार्वजनिक गरेका छन्।

एनआरएनए मेडिहेल्थ सेन्टर (मिसन अस्पताल पुनः सञ्चालन परियोजना) पर्वत जिल्लाको पैयुँ गाउँपालिका–४, हुवासमा अवस्थित छ। लामो समयदेखि बन्द रहेको यस अस्पताललाई पुनः सञ्चालन गरी स्थानीय समुदाय तथा प्रवासी नेपालीका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ।

वि.सं.२०८३ साउन ७ बिहीवार १५:२९ मा प्रकाशित

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...