back
CTIZAN AD

पहिलो बालमैत्री गाविस हुने प्रयासमा कविलास

वि.सं.२०७३ पुस १८ सोमवार

1.2K 

shares

mahendra2
नुवाकोट । बालमैत्री स्थानीय शासन कार्यान्वयन गराउने उद्देश्यले नुवाकोट जिल्लाकै पहिलो गाविस बन्ने प्रयासमा छन्, कविलास गाविस । यसै सिलसिलामा गत शनिवार गाविसका सम्पूर्ण बालबालिकाहरु उपस्थित भई एक समारोह बीच बालभेला सम्पन्न गरेको छ ।
गाविस स्तरीय बाल सञ्जालका अध्यक्ष हरिप्रपन्न अर्यालको अध्यक्षतामा सम्पन्न भेलाको गाविस सचिव हकहित संरक्षण नुवाकोटका अध्यक्ष महेन्द्रबहादुर नेपालले उद्घाटन गरेका थिए ।
गाउँ परिषद्मा प्रस्तुत गरिने एकीकृत योजना तर्जुमाका लागि बालमैत्री बजेट कार्यान्वयन गराउन गरिएको सो कार्यक्रममा अतिथिहरु मिरेष्ट नेपालका कार्यक्रम अधिकृत प्रकाश खत्री, दृष्य सम्पादक कृष्णमुरारी पुडाशैनी, मिरेष्ट नेपाल नुवाकोट संयोजक अर्जुनबहादुर तामाङ, क्रियशन समाज नेपालका कोषाध्यक्ष निर्मला गौतम, नेपाली कांग्रेस गाउँ इकाई कमिटि कविलासका सभापति माधवप्रसाद खनाल, एमाओवादी (केन्द्र) गाउँ कमिटिका अध्यक्ष कृष्णप्रसाद बोहरा, नेकपा (एमाले) गाउँ कमिटिका अध्यक्ष कृष्णबहादुर कार्की, कविलास स्वास्थ्य चौकीका इन्चार्ज गणेशबहादुर शाही, सामुदायीक मेलमिलाप कविलासका संयोजक रामकुमार गिरी, सञ्जीवनी माविका प्रअ रामेश्वर मिश्र, कालिका माविका शिक्षक प्रतिनिधी गणेश दहाल, सामाजिक परिचालिका ईश्वरी सुवेदी कोइरालालगायतले राज्यले नमूना वस्ती घोषणा गरेको यस गाविस बालमैत्री स्थानीय शासन कार्यान्वयनका ३९ सूचक कार्यान्वयन गरेर ६१ गाविस र एक नगरपालिकामा पहिलो हुने बताए ।
नुवाकोटमा विदुर नगरपालिका, कविलास र कल्याणपुर गाविसले बालमैत्री स्थानीय शासन लागु भएको घोषणा गर्ने प्रतिवद्धता गरेका छन् । कविलास गाविसको आयोजना र क्रियशन नेपालको सहयोगमा सम्पन्न उक्त कार्यक्रमको भेलाले खेलकुद् सामग्री वडास्तरमा दिने, छात्रवृत्तिको व्यवस्था गर्ने, बाल उत्थान, पुस्तकालय व्यवस्था, सरसफाइ अभियान, बालमैत्री तालिमको व्यवस्था, बालक्लव भवन निर्माण, भर्ना अभियान, पूर्ण खोप अभियान, पौष्टिक आहारसम्बन्धी जनचेतना लगायतका मागहरु प्रस्तुत गर्ने निर्णय गरियो ।

वि.सं.२०७३ पुस १८ सोमवार ०६:२२ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...